१२ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु



अ+ अ-

राजविराज । मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ । 

कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसी टोलमा आज दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सप्तरी कञ्चनरुप नगरपालिका–७ का सुभास बस्नेत र उदयपुर चौदण्डीगढी नगरपालिका–९ भिमाटोलका २८ वर्षीय हरिशङ्कर चौधरी रहेको छ । दुुवै जना मोटरसाइकल चालक रहेको र उनीहरुको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको त५प ३११८ नं को मोटरसाइलकलाई विपरीत दिशाबाट आउँदै गरेको अर्को को २२ प १५५८ नं मोटरसाइकल एक आपसमा ठोक्किँएको थियो । सो दुर्घटनामा परी को २२ प १५५८ नं को मोटरसाइकलमा सवार सुभास बस्नेतको ३० वर्षीय श्रीमती ममता सापकोटा, आठ वर्षीय छोरा सम्मर बस्नेत र एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन्  । 

त्यस्तै को २२ प १५५८ नं को मोटरसाइकलमा सवार सप्तरी सप्तकोशी नगरपलिका–९ का २६ वर्षीय रोहित चौधरीसमेत घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । (रासस)