१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमन्त्रीलाई विकासका संरचनागत सुधारका सुझाव



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग नेपाल अटोमोबाइल्स एशोसिएसनका प्रतिनिधिले आज मन्त्रालयमा भेटगरी सुझावपत्र पेस गरेका छन् ।

सङ्घका मार्शल एण्ड ट्रेनिङ कमिसनका सचिव आशिष रौनियार र ई–स्पोर्टस् कमिसनका सचिव तथा स्पोर्टस एण्ड इभेन्ट अफिसर अङ्कित भण्डारीसहितको टिमले सङ्घकोतर्फबाट बधाई दिँदै नेपालमा मोटरस्पोर्टस् र साहसिक खेलकुदको विकासका लागि ठोस नीति, कार्यक्रम र संरचनागत सुधारका सुझावहरू समेटिएको पत्र बुझाएका हुन् ।

सो अवसरमा सङ्घका प्रतिनिधिले युवा तथा खेलकुद मन्त्रालयले साच्चै ‘युवा सोच र साहसिक दृष्टि’ भएको मन्त्री पाएकामा खुसी व्यक्त गर्दै नेपालका साहसिक तथा पर्यटकीय खेलकुद क्षेत्रले ठूलो अपेक्षा गरेको बताएका थिए । प्रतिनिधिले नेपाली खेलकुदलाई साँच्चिकै व्यवस्थित, व्यावसायिक र आशालाग्दो बनाउने मन्त्रालयको अभियानमा नेपाल अटोमोबाइल्स एशोसिएसनको सधैँ साथ सहयोग र समर्थन प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

सङ्घकोतर्फबाट सुझाव पत्र बुझ्दै मन्त्री गुप्ताले सुझाव अत्यन्त व्यवस्थित, व्यावसायिक र दूरदर्शी रहेको बताउँदै, “मन्त्रालयले यति गहिरो र व्यावहारिक सुझाव पहिलो पटक पाएको हो”, भन्नुभयोे । उहाँले सङ्घकोतर्फबाट साच्चै युवा खेलाडी तथा अफिसियलमार्फत प्राप्त सुझावले युवावर्गमा हौसला पुग्ने बताउनुभयो ।

सुझाव पत्रमा भनिएको छ, “नेपालको साहसिक तथा पर्यटकीय खेलकुदको विद्यमान अवस्थाको अध्ययन गरी सुझाव तथा रणनीतिक योजनाको प्रस्ताव तयार गर्न एउटा कार्यदल गठन गर्दै नेपाललाई साहसिक तथा पर्यटकीय खेलकुदको केन्द्रको रूपमा विकास गर्न नीतिगत, कार्यक्रमिक तथा बजेटकोसमेत व्यवस्था गर्नुपर्ने आवश्यक देखिन्छ ।”




भर्खरै