२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिवाकोटीलाई कार्यबाहक गभर्नरको जिम्मा



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पाएका छन् । नेपाल सरकार (मन्त्री स्तर) को निर्णयबाट निर्णय भएको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि सिवकोटीलाई कार्यबाहक गभर्नरको जिम्बेवारी दिएको अर्थमन्त्रालयले मंगलबार जानकारी गराएको हो ।

गभर्नर नेपाल ५ वर्षे कार्यकाल पुरा गरी मंगबारबाट नै बाहिरिएका छन् । नयाँ गभर्नर नियुक्त हुन समय लाग्ने भएकाले सिवकोटीलाई अर्थमन्त्रालयले कार्यबाहकको जिम्मा दिएको हो ।
‘नेपाल सरकार माननीय (मन्त्री स्तरको) मिति २०७६।१२।४ गतेको निर्णय अनुसार तपाईलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ बमोजिम चैत ५ देखि अर्को व्यवस्था नभएसम्म नेपाल राष्ट्र बैंकको गभर्नरको कामकाज गर्नेगरी कायम/मुकायमा मुकरर गरिएको व्यहोरा अनुरोध गर्दछु’ मन्त्रालयले पत्रमा लेखेको छ ।

कार्यबाहकको दाबेदार अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि थिए । डेपुटी गभर्नर सिवाकोटी राष्ट्र बैंकको गभर्नर पदका लागि बलिया दाबेदारका रूपमा समेत हेरिएका छन् ।