४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

ढेड दशक फुटबलमा बिताउँदा ७/८ वटा मात्र लिग खेल्न पाएका छौं– फुटबलर

ढेड दशक फुटबलमा बिताउँदा ७/८ वटा मात्र लिग खेल्न पाएका छौं– फुटबलर
अ+ अ-

काठमाडौँ । फुटबल खेल्न पाउनुपर्ने माग राख्दै आन्दोलनरत नेपाली फुटबलरले अखिल नेपाल फुटबल संघ (एन्फा) मा आफ्ना पदक छाडेका छन् ।

खेलाडीहरू फुटबल खेल्नबाट वञ्चित गर्न नहुने मागसहित बिहीवार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को कम्प्लेक्समा पुगेका थिए । तर एन्फा कम्प्लेक्समा प्रवेश गर्न नपाएपछि उनीहरूले विरोधस्वरूप आफूले पाएका पदक गेटमा झुन्डाएर धर्ना त्यहाँबाट गए । धर्ना कार्यक्रम घोषणा भएपछि बिहानैदेखि एन्फा परिषरमा सुरक्षा वेवस्था कडा पारिएको थियो । खेलाडीको उक्त आन्दोलनमा विभिन्न सरोकारपक्षले पनि साथ दिइरहेको छ । एन्फा र १४ वटा शीर्ष डिभिजनका क्लबबीच यसै हप्ता भएको छलफलबाट यस वर्ष ‘ए’ डिभिजन लिग नगर्ने सहमति भएको थियो ।

नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य विक्रम लामाले साढे दुई वर्षदेखि नेपालमा शिर्ष डिभिजनको फुटबल हुन नसकेको र यसले खेलाडीहरू खेल्नबाट वञ्चित हुनुपरेको बताएका छन् । यसको विरोध स्वरूप गरिएको शान्तीपूर्ण धर्नामा एन्फाले गेटभित्र छिर्नबाट रोक लगाएको उनले उल्लेख गरे । एन्फाले आफूहरूलाई मैदान नै छिर्न नदिएको अवस्थामा अहिले गेटभित्र प्रवेशमा पनि रोक लगाएको पूर्वफुटबलर लामाले आरोप लगाएका छन् । फुटबल गतिविध नै नहुनु भनेको ठूलो बेथिति बनिरहेको खेलाडीको भनाइ छ । नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य विक्रम लामाले २०/२२ वर्ष घरेलु फुटबलमा बिताउँदा ९ वटा मात्र शीर्ष डिभिजन लिग खेल्न पाएको बताएका छन् ।

यसबीच उनले आफूले राम्रो गर्न सक्ने समयमा १०÷११ वटा सिजनका लिग गुमाउनु परेको उल्लेख गरेका छन् । अहिले २÷३ वर्षयता पनि लिग नहुँदा धेरै खेलाडीले यही अवस्था भोग्नु परेको उनले बताएका छन् । एन्फाले आफूहरूको माग नसुने आन्दोलनको रूप बढ्दै जाने र त्यसमा शान्तिपूर्ण नै हुने प्रतिबद्धता खेलाडीले व्यक्त गरेका छन् । आगामी पुस्ताले फुटबल खेल्ने राम्रो वातावरण पाउने आशासहित यो आन्दोलन गरेको फुटबलर विक्रम लामाले स्पष्ट पारे ।

अहिले राष्ट्रिय लिग गर्ने र ‘ए’ डिभजिन लिग अर्को वर्ष मात्रै हुने भएपछि फुटबलरहरू विरोधमा उत्रिएका हुन् । एन्फा लिगबाट भाग्न खोजेको र लिग हुनैपर्ने उनीहरूको माग छ । आन्दोलनमा जेन–जी युवा, तथा पूर्वखेलाडी र प्रशिक्षकहरूले पनि ऐक्यवद्धता जनाएका छन् । नेपाली राष्ट्रिय टोलीका सदस्य अञ्जन विष्टले लिग नहुँदा आफ्नै दाई लगायत धेरै खेलाडी पलायन हुनुपरेको बताएका छन् । आज देखि राष्ट्रिय टोलीको क्याम्प रहेको र आफूले पनि लिग नहुँदा पछिल्लो दुई वर्ष धेरै दुःख भोगेको उल्लेख गरे । यद्यपि बंगलादेशमा लिग खेलिरहेकाले आफूलाई गाह्रो नभए पनि अन्य साथीको पीडा आफूले बुझेको उनको भनाइ छ । मुख्य लिग नै नहुनु धेरै पीडादायी स्थिति रहेको र यसलाई एन्फाले पनि बुझ्नेछ भन्ने आशामा आफू रहेको अञ्जनले धारणा राखेका छन् ।

राष्ट्रिय टोलीका सदस्य रोहित चन्द र गोलकिपर विशाल श्रेष्ठले फुटबल गतिविधि राम्रोसँग अगाडि बढाउँदै आगामी पुस्ताका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा राखेका छन् । विशालले आफ्नो लागि आपैmँ बोल्नुपर्छ भनेर एन्फाको गेटसम्म आएका बताए । १६ वर्षसम्म आफूले घरेलु फुटबलमा बिताउँदा ७÷८ वटा मात्र शीर्ष डिभिजन लिग खेल्न पाएको भन्दै गोलकिपर विशाल श्रेष्ठले पीडा पोखे ।

खेलाडीहरू आन्दोलमा गर्न पुग्दा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई फुटबलको प्रतियोगिताका लागि काठमाडौं बाहिर गएका छन् । सोमबार बसेको एन्फा र क्लबबीचको बैठकबाट यो वर्ष शीर्ष डिभिजको सट्टा राष्ट्रिय लिग गर्ने सहमती जुटेको थियो । यससँगै खेलाडी विरोध गर्दै सडकमा उत्रिएका हुन् । पछिल्लो पटक २०७९ सालमा शिर्ष डिभिजन लिग भएको थियो । एन्फाभित्र आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन ।