१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका

कार्की सरकार गठनका पछाडि गम्भीर षड्यन्त्र छ, खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गरौँः महासचिव चन्द

कार्की सरकार गठनका पछाडि गम्भीर षड्यन्त्र छ, खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गरौँः महासचिव चन्द
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गर्नुभएको छ ।

बिहीवार काठमाडौंको भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो टिप्पणी गर्नुभएको हो ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार रहस्यमय तरिकाले गठन गरिएको भन्दै उहाँले सरकार गठनका पछाडि षड्यन्त्र लुकेको पनि टिप्पणी गर्नुभयो । उहाँले जेन–जी विद्रोहले नेपालमा संसदीय व्यवस्था पूर्णतः असफल भएको पुष्टि गरेको पनि जिकिर गर्नुभयो । उहाँले संसद विघटन भइसकेपछि कुशासन र भ्रष्टाचारमार्फत देश लुट्ने समूहहरु सक्रिय रहेको उल्लेख गर्दै जनताले प्रतिवाद गर्न तयार हुनुपर्ने बताउनु भयो । महासचिव चन्दले संविधान संशोधन र पुनर्लेखनको आवश्यकता रहेको उल्लेख गर्दै राज्यको पुनःरचना जनताको हितअनुसार हुनुपर्नेमा जोड दिनुभयो । प्रशासनिक सुधार, विश्वविद्यालयस्तरबाट दक्ष प्रशासनिक जनशक्ति तयार पार्नुपर्ने र नेताहरूको सम्पती आर्जनको स्रोत छानबिन गर्नुपर्ने पनि उहाँको माग छ ।

उहाँले भन्नुभयो, ‘नेपालमा संसदीय व्यवस्था नराम्रोसँग असफल भयो । जेनजीले नै संसद र सरकारविरुद्ध नारा लगाए । हामीले पनि साथ दियौं ।  तर जेनजी आन्दोलन पनि सफलताको दिशामा छ । यदि जेनजीको मागहरु पुरा हुन नसके जेनजी आन्दोलन जनआन्दोलनभन्दा ठुलो विद्रोहको रुपमा अघि बढ्नसक्छ । त्यसैले समयमै हामी सबैले साच्नुपर्छ । आफ्नो आफ्नो रोटि सेक्ने होइन अधुरो क्रान्ती पुरा गर्ने समय छ । संसद विघटन त भएको छ तर देशलाई लुटेका लुटेराहरु खुला रुपमा भाषण गर्दै हिँडिरहेका छन् । हामीे जेनजी आन्दोलनलाई पुर्णतः सफल बनाउन हामीले केही अपिल गर्दै आएका छौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई छिटोभन्दा छिटो सर्वपक्षीय अन्तरिम सरकारमा बदल्नुपर्छ । सरकारमा कार्कीसहितका मन्त्रीहरुलाई कसले ल्यायो । रहस्यमय तरिकाले सरकार गठन गरियो ? त्यसकारण षड्यन्त्रकारी कुराबाट अगाडि जाने कुराले मुलुकलाई ध्वस्त पारेको छ । संविधान संशोधन र पुर्नलेखन गर्नुपर्छ, त्यहीअनुसार राज्यको पुर्नसंरचना गर्नुपर्छ । अहिले पनि राज्यका संरचनाहरु नेपाली जनताका भएका छैनन् । आज नेताको सम्पतीहरु त जल्यो तर त्यो सम्पती कसरी आर्जन गरियो भन्ने कुराको खोजि गर्नुपर्छ कि पर्दैन ? प्रशासनिक संरचनाको सुधार गर्नुपर्छ । विश्वविद्यालयका विद्यार्थीहरुले प्रशासन चलाउनेगरी तयार बनाउनुपर्छ ।’

उहाँले जेनजी आन्दोदनका मागहरुप्रति राजनीतिक दलहरूले गम्भीर नभए देश फेरि अस्थिरतामा फस्न सक्ने चेतावनी समेत दिनुभयो ।