२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाँक्री–श्रेष्ठ समूहको ओलीसँग भेट, ५० भन्दा बढी नेता एमालेमा फर्किने दाबी



अ+ अ-

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)मा विद्रोह गरेका नेताहरू रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेताहरूले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार उनीहरूले बिहीबार राति अध्यक्ष ओलीसँग भेट गरेका हुन्। बस्नेतले झाँक्रीसहित ५० जनाभन्दा बढी केन्द्रीय सदस्य एमालेमा फर्किने तयारी भएको दाबी गरेका छन्।

उनका अनुसार आगामी मंसिर २४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ नामक कार्यक्रम आयोजना गरी उनीहरू औपचारिक रूपमा एमालेमा प्रवेश गर्नेछन्।

यसअघि नेता किसान श्रेष्ठले आफूहरू निशर्त एमालेमा फर्कन तयार रहेको बताएका थिए।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले हालै माओवादी केन्द्रसहितका १० वाम दलसँग एकता गरेका थिए। तर झाँक्री–श्रेष्ठ समूह भने सो एकता प्रक्रियामा सहभागी भएका थिएनन्।

बस्नेतका अनुसार नेताहरूले अध्यक्ष ओलीसँग भेटपछि गुण्डुमा राति १० बजे भेटघाट गरी बिहान २ बजे फर्किएका थिए।