२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को नामकरण हुन नसकेपछि भट्टराईको ट्विट ‘कुछ तो शरम करो यारो !’



अ+ अ-

काठमाडौँ । प्रदेश २ को नामकरण हुन नसकेपछि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले हिन्दी भाषामा ट्वीट गर्दै सो प्रदेशको नाम ‘मधेस प्रदेश’ किन हुन सक्दैन भनेर प्रश्न गरेका छन् । ‘मधेसी पहिचानलाई संविधानले नै स्वीकार गरिसकेको अवस्थामा प्रदेश २ को नाम मधेस प्रदेश किन हुन सक्दैन ?’ भन्ने प्रश्न उनले उठाएका हुन् ।

बुधबार ट्वीट गर्दै उनले ‘पूर्वमाओवादी’ नेताहरु मातृका यादव, प्रभु साह, भरत साह तथा ‘पूर्वनयाँशक्ति’ का नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवानलाई लक्षित गर्दै सो प्रश्न गरेका हुन् । अन्त्यमा उनले लेखेका छन्, ‘कुछ तो शरम करो यारो! ’

उनको ट्वीटमा प्रतिक्रियाको ओइरो लागेको छ । कतिपयले उनलाई हिन्दी भाषाभन्दा पनि प्रदेश २ मा ठूलो जनसंख्याले बोल्ने मैथिली र भोजपुरी भाषा प्रयोग गर्न सुझाव दिएका छन् भने कतिपयले जातीय राज्यको पक्षमा वकालत नगर्न सुझाव दिएका छन् ।