२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड-१९: अमेरिकामा २ देखि २२ लाखसम्म मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण



अ+ अ-

अहिले अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। अनुसन्धानकर्ताहरूका अनुसार अमेरिकाका ५० वटै राज्यमा पुगेको कोरोनाको संक्रमण आउने महिनामा झनै तीव्र गतिले फैलिने सक्नेछ । साथै फरकफरक अध्ययनले धेरै मानिसको मृत्यु हुने समेत जनाएका छन्। न्युयोर्क टाइम्सका अनुसार सरकार र नागरिकले कोरोना भाइरस (कोभिड–१९) विरूद्ध लड्न बलियो सतर्कता अपनाएनन् भने २२ लाख सम्म अमेरिकी नागरिकको मृत्यु हुन सक्ने बेलायती अनुसन्धानकर्ताहरूले जनाएका छन्। बेलायती अनुसन्धानकर्ताको चेतावनीपछि अमेरिकामा मानिसको सार्वजनिक जमघटमा थप कडाइ गरिएको छ।

अध्ययन सार्वजनिक हुनुअघि आइतबारसम्म ५० जनाभन्दा धेरै मानिस एकै ठाउँमा जमघट नहुन भनिएको थियो। अमेरिकन सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सिडिसी०ले तोकेको सो संख्यालाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सोमबार १० मा झारिदिएको न्युयोर्क टाइम्सले जनाएको छ। न्युयोर्क टाइम्सका अनुसार सिडिसीकै अध्ययनले पनि अमेरिकामा कम्तिमा २ देखि १७ लाखसम्म मानिस मर्न सक्ने प्रक्षेपण गरेको छ। त्यस्तै नेब्रास्का विश्वविद्यालयको एक अध्ययनले ४ लाख ८० हजारसम्म अमेरिकीको कोरोना भाइरसका कारणका मृत्यु हुन सक्ने जनाएको छ।

कोरोनाविरूद्ध भ्याक्सिनको विकास गर्न संसारभर प्रयत्न भइरहेका छन्। यही सातामात्रै अमेरिकाको सियाटल शहरमा मानिसमा पहिलो पटक त्यस्तो भ्याक्सिनको परीक्षण भने गरिएको छ। उक्त भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको प्रमाणित हुन र बजारमा उपलब्ध हुन करिब १२ देखि १८ महिनासम्म लाग्ने जनाइएको छ।