२२ श्रावण २०८३, शुक्रबार
,
Latest
अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर… सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः मनिष झा पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक छैनः बद्री अर्याल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता बद्री अर्यालले नेपाली काँग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक नरहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आोयोजित नियमित महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उहाँले काँग्रेसका लागि तत्काल विशेष महाधिवेशन गर्नु धोका हुने बताउनुभएको हो ।

नेपाली काँग्रेसमा महाधिवेशनको मितिलाई लिएर संस्थापन र इतर समूहबीचको विवाद गहिरिँदै गएको अवस्थामा जारी केन्द्रिय समिति बैठकमा संस्थापन र इतर समूहले अलग—अलग महाधिवेशनको कार्यतालिका पेश गरेका छन् । नेता अर्यालले पार्टीमा विशेष महाधिवेशनको प्रश्ताव दर्ता हुनुको कुनै औचित्य नरहेको बताउनु भयो । पार्टीमा पुस्तान्तरण हुनुपर्ने उहाँको भनाई छ । विशेष महाधिवेशनले पार्टीको केन्द्रिय पंक्तिमा मात्र फेरबदल हुने तर प्रदेश र स्थानीय तहमा कुनै बदलाव नहुने भएकाले विशेष महाधिवेशन अहिले समय सान्दर्भिक नहुने नेता अर्यालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीमा विशेष अधिवेशनको एउटा प्रश्ताव दर्ता भयो । विशेष अधिवेशन केका लागि दर्ता भयो भने त्यसको कुनै सिंह पुच्छर छैन, विधानले दर्ता गर्न पाइन्छ भनेको छ । तर दर्ता गर्ने आधार त्यसको उपलब्धि के हो, नतिजा के आउँछ, विशेष अधिवेशन भएपछि के हुन्छ भन्ने पटक पटक साथीहरुले त्यही १४ सालमा भएको थियो नि भन्ने कुरो भन्दा केही पनि आएन । त्यही भएर विशेष अधिवेशन अहिले समय सान्दर्भिक छैन । नेपाली काँग्रेस पार्टीका लागि विशेष अधिवेशन सरासर धोका हो ।’

विशेष महाधिवेशनमा केन्द्रिय नेतृत्व मात्र परिवर्तन हुने भएकाले नियमित महाधिवेशन नै अहिलेको समयमा उपयुक्त रहेको काँग्रेसका कार्यकर्ता विनोद तिम्सिनाले बताउनु भयो । पार्टीमा नयाँ पुस्ताको नेतृत्वको खाँचो रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘विशेष महाधिवेसनले चाहीँ केन्द्रिय नेतृत्व मात्र परिवर्तन गर्ने भएकाले केन्द्रिय महाधिवेशन अहिले मौजुदा महाधिवेशन प्रतिनिधिबाटै केन्द्रिय नेतृत्व चयन हुने हुँदा त्यहा न नयाँ पुस्ताको प्रवेश हुन्छ, पुरानो पुस्ताको नेतृत्व मात्रै आउने भएकाले नियमित नै महाधिवेस गर्नुपर्छ त्यो गर्दा चाहीँ मुलुकको लागि र कांग्रेसको लागि राम्रो हुन्छ भन्ने लाग्छ ।’

विशेष महाधिवेशनको प्रश्तावपछि नेपाली काँग्रेसभित्र फेरि एक पटक विचार र रणनीतिक विभाजन सतहमा आएको छ । कतिपय नेताहरूले विशेष महाधिवेशनलाई संस्थापन नेतृत्वमाथिको असन्तुष्टि व्यक्त गर्ने माध्यमका रूपमा हेरेका छन् भने केहीले यसलाई नेतृत्व हस्तान्तरण र संगठन पुनःनिर्माणको अवसरका रूपमा चित्रण गरेका छन् ।