१० श्रावण २०८३, आईतवार
,
Latest
हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीन संयुक्त रुपमा उसु खेलको विकास र प्रवर्द्धनमा सहकार्य



अ+ अ-

काठमाडौं । मित्र राष्ट्र चीनको सिचुवान प्रान्तका मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेशन नेपाल र काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट अर्गनाइजेसनबीच तीन वर्षे सम्झौता सम्पन्न भएको छ।

सम्झौताका अनुसार दुबै पक्षले नेपालमा उसु खेलको विकास, प्रवर्द्धन र विस्तारमा संयुक्त रुपमा सहकार्य गर्नेछन्।

सम्झौतामा मार्सल आर्ट अर्गनाइजेशन नेपालका अध्यक्ष राजिव महर्जन र सिचुवान प्रान्त उसु संघका कार्यकारी निर्देशक तथा मिनयाँङ उसु संघका महासचिव लि क्वीङले हस्ताक्षर गरेका छन्। कार्यक्रममा मिनयाँङ नगरपालिकाका उप मेयर लि जिन, मिनयाँङ उसु संघका उपाध्यक्ष लान लिमिन र जियाङ हुवा पनि उपस्थित थिए।

सम्झौताअनुसार, दुबै पक्षले एक अर्काको देशमा प्रत्येक वर्ष प्रतिनिधि पठाएर उसु खेलको प्रशिक्षण र आदानप्रदान गर्ने, उसु खेलको इतिहास, दर्शन, प्रशिक्षण विज्ञान र खेलकुद चिकित्सा सम्बन्धी गहन छलफल गर्न विज्ञ र विद्वानलाई बोलाउने, छोटो अवधिका लागि उत्कृष्ट प्रशिक्षकहरूको आदानप्रदान गर्ने र दीर्घकालीन प्रशिक्षणका लागि आशाजनक खेलाडीहरू छनोट गरी मिनयाँङ उसु संघले व्यावसायिक प्रशिक्षण र प्राविधिक मार्गदर्शन प्रदान गर्ने व्यवस्था गरिएको छ।

साथै, चीन–नेपाल मैत्रीपूर्ण उसु प्रतियोगिता, अन्तर्राष्ट्रिय उसु प्रतियोगिता र दुबै पक्षद्वारा आयोजित महत्त्वपूर्ण प्रतियोगितामा भाग लिन टोली पठाउने तथा आवश्यक उसु निर्णायक व्यवस्थापनमा पनि साझेदारी रहने उल्लेख छ।

राजिव महर्जनले भने, ‘उसु खेललाई केवल खेलको रुपमा नभई पर्यटन प्रवर्द्धनका साधनका रूपमा पनि उपयोग गर्ने योजना छ। ‘चिनियाँ कुङ फु रूट–सीकिंग टुर – नेपाल जेन मार्सल आर्ट अभ्यास टुर’ जस्ता कार्यक्रम मार्फत विश्वभरका उसु उत्साहीहरूलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ।’

उनले थपे, ‘यो सम्झौताले नेपालमा उसु खेलको विकासमा कोषेढुंगा सावित हुने र खेल पर्यटनको क्षेत्रमा समेत ठूलो योगदान पुग्नेछ।’