२२ श्रावण २०८३, शुक्रबार
,
Latest
अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर… सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः मनिष झा पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहार विधानसभा निर्वाचनः धनुषाको जटही नाका १२ घण्टा बन्द, दुवै देशका सुरक्षाकर्मी तैनाथ



अ+ अ-

काठमाडौँ । भारतको बिहार राज्यमा जारी विधानसभा निर्वाचनको पहिलो चरणलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ ।

बिहीवार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको हो । भारतीय प्रशासनको निर्देशनमा नेपालतर्फको सुरक्षा निकायले पनि सहयोग गर्दै सीमा क्षेत्रमा कडा निगरानी र चेकजाँच बढाएको छ । निर्वाचनको समयमा हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न र मतदान प्रक्रियालाई सुरक्षित बनाउन दुवै देशका सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा उच्च सतर्कताका साथ खटिएका छन् ।

नेपालतर्फ सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ सशस्त्र सीमा बल (एसएसबी) र बिहार प्रहरीले संयुक्त रूपमा गस्ती र जाँचलाई तिब्र पारेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले निर्वाचन अवधिभर सीमा क्षेत्रमा शंकास्पद गतिविधि रोक्न चेकजाँच र निगरानीलाई अझ कडा बनाइएको बताउनु भयो ।

सीमा बन्द हुँदा दुवैतर्फका सवारीसाधन, पैदल यात्री, स्थानीय व्यापारी तथा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकहरूलाई असहज भएको छ । जटही नाका दैनिक रूपमा नेपाल–भारतबीचको व्यापार, आवागमन र आपूर्ति श्रृंखलाको महत्वपूर्ण मार्ग हो । बन्दका कारण दुवैतर्फ सयौं सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् भने तरकारी, फलफूल, दैनिक उपभोग्य वस्तुको ढुवानी पनि प्रभावित भएको छ ।–