७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनैतिक निकास बिना आन्दोलन सस्थागत हुन सक्दैन, सामूहिक नेतृत्वको समय आयोः सुमना श्रेष्ठ



अ+ अ-

काठमाडौं । निवर्तमान सांसद सुमना श्रेष्ठले पुराना राजनीतिक दलहरूबाट सुधार (रिफर्म)को आशा राख्नु मुर्खता भएको टिप्पणी गरेकी छन्।

उनले देशमा स्थायी राजनीतिक परिवर्तनका लागि अब एकल नेतृत्व होइन, सामूहिक नेतृत्व को अवधारणामा जानुपर्ने आवश्यकता औंल्याएकी छन्।

सामाजिक सञ्जालमार्फत श्रेष्ठले लेखेकी छन्, “राजनैतिक निकास बिना कुनै पनि आन्दोलन सस्थागत हुन सक्दैन भन्ने बुझाइ हामी सबैको हो। तर पुराना दलहरू रिफर्म होलान र राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मुर्खता हो।”

उनले पटक–पटक सत्तामा पुगेका पुराना नेताहरूले देशलाई निराशा बाहेक केही दिन नसकेको उल्लेख गर्दै अहिले फेरि ती नै शक्तिहरू चुनावी समीकरण मिलाउनका लागि एकजुट भइरहेका बताएकी छन्।

परिवर्तनका लागि अघि आएका नयाँ समूहहरू भने अझै एकजुट हुन नसकेको प्रमुख कारण नेतृत्वमा विवाद हुनु भएको उनको भनाई छ। उनले भनिन्, “परिवर्तन ल्याउने भनिएकाहरू अझै छिन्नभिन्न छन्। यसको एउटा कारण नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने रहेछ।”

उनी सामूहिक नेतृत्वको अवधारणालाई अघि सार्दै भन्छिन्, “सबै समूह, वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामूहिक नेतृत्वमा जान सकिन्छ। पार्टीलाई दिशा दिन एक नेता होइन, एउटा परिषद् (काउन्सिल अफ लिडर्स’ बनाउन सकिन्छ।”

श्रेष्ठले कुनै एक नायकको अनुहार अघि सार्नेभन्दा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन्।

उनले थपेकी छन्, अहिले देशलाई आवश्यक सरकार मध्यमार्गी बाटोमा हिँड्दै बजारलाई उचित नियमनमा राख्ने र समृद्धि ल्याउने खालको हुनुपर्छ।