३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनविरुद्ध साइबर ब्युरोमा उजुरी दिने युवा संघको तयारी



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) निकट युवा संघ नेपालले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमा प्रयोग गरेको अश्लील शब्दविरुद्ध साइबर ब्युरोमा उजुरी दिने तयारी गरेको छ।

संघका अध्यक्ष क्षितिज थेबेका अनुसार बालेनले गत शनिबार विभिन्न दल र शक्ति राष्ट्रविरुद्ध आपत्तिजनक शब्द प्रयोग गरी देशको इज्जतमाथि धावा उठाएको र समाजमा घृणा फैलाएको आरोप छ।

थेबेले बालेनको स्टाटसले मित्र राष्ट्रहरूलाई चिढाउने र नेपालको प्रतिष्ठामा आघात पु‍र्‍याउने भएकाले कारबाहीको माग गरिएको बताए। संघले आज दिउँसो २ बजे भोटाहिटीस्थित साइबर ब्युरोमा उजुरी दिने जनाएको छ।

बालेनले शनिबार राति आपत्तिजनक स्टाटस पोस्ट गरी एक घण्टा नपुग्दै हटाए पनि त्यसपछि चौतर्फी विरोध भइरहेको छ।