२८ भाद्र २०८३, आईतवार
,
Latest
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुर्तिवाङमा म्याद गुज्रिएका औषधि



अ+ अ-

बलेवा । ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारमा सञ्चालित एक क्लिनिकले म्याद सकिएका औषधिको बिक्री गर्दै आएको खुलेको छ । घरेलु तथा साना उद्योग कार्यालय बागलुङसहित सरोकारवाला संस्थाले गरेको अनुगमनका क्रममा बुर्तिवाङ सिटी क्लिनिकले म्याद गुज्रिएका औषधि बिक्री वितरण गरिरहेको भेटाएको हो ।

क्लिनिकमा भएका दश किसिमका औषधि सबैको म्याद गुज्रिएको फेला पारेको कार्यालय प्रमुख गुमादेवी शर्माले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका सङ्घ संस्थाका प्रतिनिधि सम्मिलित अनुगमन समितिले उक्त क्लिनिकका औषधिको म्याद सकिएको भेटाएको थियो ।

म्याद गुज्रेका सबैखाले औषधि नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उक्त क्लिनिकलाई कारवाही गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा समेत कारवाहीका लागि सिफारिस गरिने उहाँले जानकारी दिनुभयो । क्लिनिक सञ्चालकलाई प्रशासनले सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

जिल्ला सदरमुकामबाट अनुगमन निस्केको टोलीले काठेखोला गाउँपालिकाको दृश्यावलोकन स्तम्भ आसपासको बजार, गलकोट नगरपालिकाको हटिया बजार र ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पेय पदार्थमा धेरै म्याद गुज्रिएका पाइएको श्रेष्ठले बताउनुभयो । उपभोक्ता हित विपरीत कारोवार गर्ने सबै व्यवसायीलाई आवश्यक चेतावनी दिइएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । टोलीले भेटेका सबै सामग्री नष्ट गरेको थियो ।