२० भाद्र २०८३, शनिबार
,
Latest
थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक शक्तिबारे छलफल



अ+ अ-

काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबिच संयुक्त छलफल भएको छ।

छलफलमा पूर्व मन्त्रीहरू जनार्दन शर्मा र सुदन किराती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याल, नेपाल समाजवादी पार्टी (नेसपा)नयाँ शक्तिकी नेतृ दुर्गा सोवलगायत सहभागी रहेका थिए।

बैठकमा हालको जेनजी आन्दोलनपछि बदलिँदो नेपाली राजनीति र त्यसले ल्याएको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनबारे गम्भीर छलफल गरिएको सहभागी नेताहरूले बताएका छन्।

उनीहरूका अनुसार छलफल वैकल्पिक राजनीतिक ध्रुवीकरणको दिशा तय गर्दै देशमा भरपर्दो र बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माण कसरी गर्ने भन्ने विषयमा केन्द्रित थियो।

स्रोतका अनुसार आगामी दिनमा पनि यस्ता संवाद र छलफल निरन्तर गर्ने तयारी भइरहेको छ।