• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु ★   धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

साहित्य, कला र सङ्गीतले मुलुकलाई विश्वसँग जोड्छ : मन्त्री कार्की



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य, कला र सङ्गीतले मुलुकलाई विश्वसँग जोड्ने बतउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा यहाँ आज आयोजित पुस्तक विमोचन समारोहमा सञ्चारमन्त्री कार्कीले कलाकृति मुलुकको सम्पति भएको उल्लेख गर्दै यसको महत्व अझै बढाउनुपर्नेमा जोड दिनुभयो । सरकारका प्रवक्ता रहनुभएका मन्त्री कार्कीले मुलुकका शान्ति, अमनचयन, सुशासन कायम भएपछि समृद्धि हुने र त्यसले कला साहित्यको विकासमा पनि योगदान गर्ने बताउनुभयो । 

उहाँले नेपाली समाजलाई पढ्ने समाज बनाउन जरुरी रहेको औँल्याउँदै पुस्तक किन्ने संस्कृतिको विकास गर्नु पनि उत्तिकै जरुरी रहेको बताउनुभयो । मन्त्री कार्कीले देशको सम्पदा मुलुक र जनताको हितमा प्रयोग गर्न सकिने गरी रुपान्तरणको आवश्यकता रहेको पनि बताउनुभयो ।

समारोहमा उहाँले डा रामकुमार भौकाजीद्वारा लिखित ‘समस्यामा नेपाली कला र कलाकार’, डा यमप्रसाद शर्माद्वारा अङ्ग्रेजीमा लिखित ‘सोसिएल पोलिटिक्स् डाइनामिक्स अफ नेप्लिज पेन्टिङ्स्’ र ‘नेपाली मूर्तिकला विकासमा ठाकुरप्रसाद मैनाली’ पुस्तकको विमोचन गर्नुभएको थियो ।

समारोहमा पुस्तकबारे टिप्पणी गर्दै कला लेखक मुकेश मल्लले पुस्तकमा कलाकारका लेख बढी राख्नुभन्दा अनुसन्धानमूलक पुस्तक आजको आवश्यकता भएको औँल्याउनुभयो । लेखक डा यमप्रसाद शर्मा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य र सदस्य सचिव विपीनकुमार घिमिरेले भनाइ राख्नुभएको थियो । रासस