१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनसम्म विद्युत् बन्द



अ+ अ-

कालिकोट । जिल्लाको एकमात्र लघुजलविद्युत् आयोजना तीन दिनसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण कालीकोटले एक सूचना प्रकाशन गरी तीन दिनसम्म विद्युत् बन्द हुने जानकारी दिएको छ । पटक–पटक विद्युत् पावर हाउसमा आउने समस्याले जिल्लावासी अन्धकारमा बस्नु परेको छ । बत्तीस वर्षअगाडि सञ्चालनमा आएको उक्त आयोजनाले कालीकोटका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिकाका करीब दुई हजार ६०० सेवाग्राहीलाई सेवा दिँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरण कालीकोटका प्रमुख मेगराज जोशीका अनुसार पोतमारा लघुजलविद्युत् आयोजनाको क्षमता ५०० किलोवाट रहे तापनि हाल मेशिनमा देखिएको खराबीका कारण १८० किलोवाट क्षमताको भोल्टेज सेवाग्राहीको प्रयोगमा रहेको बताउनुभयो । “प्यानलमा देखिएको समस्याका कारण तीन दिनसम्म बत्ती नआउने भएको हा”, उहाँले भन्नुभयो, “बत्ती नहुँदा जिल्लास्थित उद्योगी, व्यापारी, सञ्चारमाध्यमलगायत विद्युतीय उपकरणमा ठूलो समस्या देखिने गरेको छ ।”

बत्ती आउने–जाने कारणले विद्युतीय उपकरणहरू पड्किने बिग्रनेलगायत थुप्रै समस्याले सेवाग्राही हैरान भएका छन् । विद्युत् लाइन आउने निश्चित समय तालिका लागू गर्नुपर्ने यहाँका नागरिकको गुनासो छ । प्रदेशसभा सदस्य कुर्मराज शाहीले राष्ट्रिय प्रसारण लाइन नआएसम्म कालीकोटका नागरिकले सोचेबमोजिम विद्युततीय पावर प्रयोग गर्न नसक्ने बताउनुभयो । राष्ट्रिय प्रसारण लाइनका लागि लाइन तान्ने काम लगभग सकिनै लागेको र अबको केही महिनामै राष्ट्रिय प्रसारण लाइन कालीकोटवासीले बाल्न पाउने उहाँको भनाइ थियो ।