१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली चलचित्र ‘कंगाल करोडपति’को घोषणा



अ+ अ-

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘कंगाल करोडपति’ को औपचारिक घोषणा गरिएको छ । यो चलचित्रको निर्देशन राजु श्रेष्ठले गर्ने भएका छन् ।

चलचित्रको निर्माता कैफ खान हुन् भने कथालेखन सुमन गजमेरले गरेका छन् । निर्माण पक्षका अनुसार चलचित्रमा मुख्य भूमिकामा उमर खान देखिने छन् ।

उमर एक बहुप्रतिभाशाली व्यक्तित्व हुन् जसले टिकटकमा ९० को दशकका रोमान्टिक गीतहरूमा आफ्नो अभिनय कला प्रस्तुत गर्दै लाखौंको मन जितेका छन् । तेक्वान्दोमा ४३ स्वर्ण पदक विजेता उनी चितवनमा मदरसा विद्यालयका सञ्चालक समेत हुन् ।

उमरले नेपाली फिल्म ‘होस्टेल ३’ मा भिलेनको भूमिकाबाट डेब्यू गरेका थिए ।

यस्तै, अन्य कलाकारहरुको चयन भने क्रमशः अनुबन्ध हुँदै जाने जानकारी दिइएको छ ।

‘कंगाल करोडपति’ को विषयवस्तु हाल गोप्य राखिएको भए पनि निर्माण टोलीले यसलाई मनोरञ्जनसँगै समाजिक सन्देश समेटिएको चलचित्रका रूपमा निर्माण गरिने जनाएको छ ।

निकट भविष्यमै कलाकार घोषणा र छायांकन तालिका सार्वजनिक गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।