२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिको बैठक स्थगित



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश त्रिपाठीको अनुपस्थितिका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ ।

लामो समयदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको संघीय निजामति सेवा ऐन सम्बन्धि विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेपनि मन्त्रीको अनुपस्थिति भएपछि बैठक स्थगित भएको हो । सांसद त्रिपाठी विरामी भएका कारण बैठकमा सहभागि हुन नसकेको जानकारी बैठकमा गराइएको थियो । विधेयक समितिबाट संभवतः आज पारित गर्ने तयारी थियो ।

बैठकमा समिति सदस्यहरुको समेत बाक्लो उपस्थिति थियो । यसअघि चैत २ गते बसेको बैठकमा सांसदहरुबीच सहमति जुटेपनि मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटाउनुपर्ने आवश्यकता रहेको भन्दै समय माग गर्नुभएको थियो । उक्त बैठकमा मन्त्रीले पटक पटक समय माग गरेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए । प्रदेशको मुख्य सचिव र स्थानीय प्रमुख प्रशासकीय अधिकृत केन्द्रले खटाउने कि प्रदेशले खटाउने भन्ने विषयमा विवाद हुँदै आएको थियो ।