२८ भाद्र २०८३, आईतवार
,
Latest
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा ४८ हजार विद्यार्थीले एसइई दिँदै



अ+ अ-

पोखरा । बिहीबारदेखि शुरु हुने एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४७ हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कूल २२० परीक्षा केन्द्र निर्धारण गरिएको प्रदेश शिक्षा विकास निर्देशनालय पोखराका शाखा अघिकृत खेमराज पौडेलले जानकारी दिनुभयो । प्रदेशअन्तर्गका सम्पूर्ण जिल्लामा परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो ।

प्रदेश सदरमुकाम रहेको कास्कीबाट यस वर्षको एसइई परीक्षमा १० हजार ८४० जना परीक्षार्थी सहभागी हुने भएका छन् । कूल २८९ विद्यालयका विद्यार्थी सहभागी हुने परीक्षाका लागि ३२ केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । बत्तीस केन्द्र मध्ये पोखराको तालबाराही मावि परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष हुनुहुन्छ ।

सुवेदीका अनुसार परीक्षाका लागि आवश्यक उत्तपुस्तिका सम्बन्धित केन्द्रमा पुगिसकेका छन् भने प्रश्नपत्र नजिकको प्रहरी चौकीमा पु¥याइसकिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भाव्य सङ्क्रमणबाट जोगिन प्रत्येक परीक्षाका केन्द्रमा एउटा कोठा आइसोलेसन कक्षका रुपमा छुट्याउन निर्देशन दिइएको र आवश्यकता अनुसार ‘हेल्थ डेक्स’ पनि स्थापना गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

परीक्षालाई मर्यादित र भयरहित बनाउन आजै शिक्षक महासङ्घसहितका विभिन्न पेशागत सङ्घ सङ्गठनका पदाधिकारीबीच पनि छलफल गरिएको बताउँदै उहाँले सुरक्षालगायतका सम्पूर्ण व्यवस्था गरिएका कारण ढुक्कसँग परीक्षामा सहभागी बन्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।