२८ भाद्र २०८३, आईतवार
,
Latest
‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा ५१ विद्यार्थी परीक्षाबाट वञ्चित



अ+ अ-

तनहुँ । यही चैत ६ गतेदेखि हुने एसइई परीक्षामा यहाँका ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । विभिन्न विद्यालयका गरी छात्रा ३४ र छात्र १७ गरी ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । परीक्षा दिन फारम भरेर बीचैमा विद्यालय आउन छाडेका, कोही बिहे भई गएका र कोही रोजगारीको सिलसिलामा विदेशिएका कारण उनीहरु परीक्षा दिनबाट वञ्चित भएका शिक्षा विकास तथा समन्वय इकाइ परीक्षा शाखाका प्रमुख विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामुदायिक विद्यालयतर्फका एक सय सोह्र विद्यालयबाट दुई हजार पाँच सय २१ छात्रा, दुई हजार दुई सय २५ छात्र गरी चार हजार सात सय ४६ र संस्थागत विद्यालयतर्फका ५८ विद्यालयबाट छ सय ११ छात्रा र आठ सय ७३ छात्र गरी एक हजार चार सय ८४ गरी कूल छ हजार दुई सय तीस विद्यार्थी यस परीक्षामा सामेल हुने भएका छन् । जसमा छात्रातर्फ तीन हजार एक सय ३२ र छात्रतर्फ तीन हजार ९८ रहेका छन् । गत वर्ष जिल्लामा छ हजार दुई सय ९१ विद्यार्थीले परीक्षा दिएका थिए । गत वर्षको तुलनामा यस वर्ष ६१ विद्यार्थी कम रहेका छन् ।