१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

एमालेको ११ औं महाधिवेशन: कहाँबाट कसरी आउछन् २१२७ प्रतिनिधि ?

एमालेको ११ औं महाधिवेशन: कहाँबाट कसरी आउछन् २१२७ प्रतिनिधि ?
फाइल फोटो
अ अ+ अ-

काठमाडौं: नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधीहरु कुन क्षेत्रबाट कतिजनाले प्रतिनिधित्व गर्छन् भन्ने विषय पार्टीले स्पष्ट पारेको छ । आगामी २७–२९ मंसिरमा काठमाडौंमा हुने महाधिवेशनमा २१२७ जना प्रतिनिधि सहभागी हुनेछन् ।

पार्टीले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) मा कुन कुन क्षेत्रबाट कति कति जना प्रतिनिधि कसरी चुनिन्छन् भन्ने विषय स्पष्ट बनाएर मातहतका कमिटीलाई पठाइएको केन्द्रीय कार्यालयले जनाएको छ । केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार पार्टी सदस्यताको संख्या अनुसार विभिन्न ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ । ‘अपानिमा सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सम्बन्धी व्यवस्था,पार्टी सदस्यको संख्याको आधारमा हुने प्रतिनिधित्व आदि विषयहरु खुलाएर मातहतका कमिटीमा पठाइएको छ ’डा.अधिकारीले भन्नुभयो ‘यो व्यवस्थालाई जिल्ला कमिटीहरुले लागु गर्ने छन् । यसमा कुनै द्विविधा भएमा सम्बन्धित जिल्लाका इन्चार्ज,पार्टी केन्द्रीय कार्यालय वा संगठन विभागमा सम्पर्क गरेर स्पष्ट हुन सकिन्छ ।’

एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी,तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषदबाट निर्वाचित सहित ४६४ जना प्रतिनिधि रहनेछन् । जस अनुसार केन्द्रीय कमिटीबाट ३५५,अनुशासन आयोग २९,निर्वाचन आयोग ३०,लेखा आयोग २५ र केन्द्रीय सल्लाहकार परिषदबाट निर्वाचित हुने २५ जना प्रतिनिधि हुनेछन् ।

यसैगरी स्वदेशका प्रदेश स्तरीय (विशेष प्रदेश सहित) का कमिटीहरुबाट कम्तीमा दुईजना महिला सहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबै भन्दा ठूलो क्लस्टर भनेको भूगोल हो । जसलाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ । यसरी १६५ संघीय निर्वाचन क्षेत्रबाट समावेशिताको सिद्धान्त अनुसार ११३५ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमा हरेक निर्वाचन क्षेत्रमा रहेका १२०० पार्टी सदस्य बराबर ४० वर्ष मुनीका एक जना युवा र एक जना महिला सहित ४ जनाले प्रतिनिधित्व गर्नेछन् । संघीय निर्वाचन क्षेत्रबाट हुने प्रतिनिधित्वका बारेमा थप स्पष्ट पार्दै एमालेको अपानिमा भनिएको छ ‘न्यूनतमा १२०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक ८-८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुने । सो भन्दा बढी भएमा पहिलो ८०० मा महिला र त्यसपछि खुला निर्वाचित प्रतिनिधि हुने । ’

अपानिका अनुसार स्वदेशका विशेष जिल्ला अन्तरगत १२०० जनासम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिला सहित तीनजना निर्वाचित प्रतिनिधि रहने । (सदस्य संख्या ८ ०० नाघेमा प्रत्येक ८०० मा थप एक,यस्तो संख्यामा कम्तीमा एक तिहाइ महिला सुनिश्चित गर्ने ) यसरी विशेष जिल्ला अन्तरगत ४७ जना निर्वाचित प्रतिनिधि संख्या करिब रहने जनाइएको छ ।

एमालेको महाधिवेशनमा दलित आरक्षण अन्तरगतका प्रनिनिधि कम्तीमा ८१ जना रहनेछन् । दलितको हकमा हरेक निर्वाचन क्षेत्रमा ५०० पार्टी सदस्य बराबर एकजना प्रतिनिधि र त्यस भन्दा माथी सदस्य भएमा दुई जना र तीनजना प्रतिनिधि निर्वाचित हुने भएमा कम्तीमा एकजना महिला प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ । श्रमिकको क्लस्टरबाट महाधिवेशनमा ४९ जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ । जस अनुसार हरेक भूगोलका सातवटा प्रदेशमा कार्यरत श्रमिक पार्टी सदस्यहरुबाट कम्तीमा तीनजना महिला सहित ७ जनाका दरले प्रतिनिधिहरु निर्वाचित भएर आउनेछन् ।

एमालेका प्रवासमा रहेका कमिटीहरुबाट ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । जसमा भारत प्रवास विशेष कमिटीबाट कम्तीमा तीनजना महिला सहित १० जना,अमेरिका-क्यानडा,युरोप,एशिया प्यासिफिक,खाडी र ओसिनियाबाट प्रत्येक क्षेत्रमा दुई जना महिला सहित पाँच जनाका दरले निर्वाचित भएर ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमालेको अपानिमा जनाइएको छ । केन्द्रीय विभागमा रहेका पार्टी सदस्यहरु मध्येबाट एक÷-एक जनाका दरले ३२ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । यस्तै केन्द्रीय कार्यालयमा कार्यरत पार्टी सदस्यहरुबाट एक जना प्रतिनिधिलाई प्रतिनिधित्व गराइने छ ।

पार्टीका २३ वटा जनसंगठन मध्येबाट अनुसुची एक र महासंघीय संरचनामा भएका जनसंगठनबाट कम्तीमा तीन जना महिला सहित ७ जना प्रतिनिधि हुनेछन् । यस अन्तरगत खेलकुद महासंघ,किसान महासंघ,अनेरास्ववियु,युवा संघ नेपाल लगायतका ११ जनसंगठन छन् । अनुसुची दुई अन्तरगतका १२ वटा जनसंगठनबाट कम्तीमा दुई महिला सहित पाँच जना प्रतिनिधिले महाधिवेशनमा सहभागी हुन पाउने एमालेले जनाएको छ । ‘पार्टीले तय गरेको मापदण्डका आधारमा २३ वटा जनसंगठनबाट १३७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुन्छन्’ पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले भन्नुभयो ।

यसरी सबै क्षेत्रबाट निर्वाचित भएर आउने प्रतिनिधिको संख्या २,०२६ जना हुनेछ । एमालेको विधान अनुसार कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ । जस अनुसार पार्टी सचिवालयले १०१ जना प्रतिनिधि मनोनित गर्दा कुल प्रतिनिधिको संख्या २,१२७ हुने एमालेले जनाएको छ ।