१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरोनाको सन्त्रासले घर फर्कंदै नेपाली

कोरोनाको सन्त्रासले घर फर्कंदै नेपाली
अ अ+ अ-

झलनाथ खनाल, भजनी । बर्दिया राजापुर नगरपालिकाका ध्रुवप्रसाद न्यौपाने २० दिन अघिमात्र भारतको गढुवालमा कमाउनका लागि गएका थिए । विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरसको त्रासले न्यौपाने छिटै घर फर्कनु पर्यो ।

टीकापुर नरगपालिका–९ सत्ती भन्सार कार्यालय नजीकै रहेको सहायता कक्ष ‘हेल्थ डेस्क’मा उनको ‘थर्मल गन’ बाट शारीरिक तापक्रम स्वास्थ्यकर्मीले जाँच गर्दै हुनुहुन्थ्यो । “बीस दिनअगाडि कामका लागि म लगायत आठ/दशजना साथी गडवाल पुग्यौँ । पुगेको केही दिनमै कोरोनाको त्रास भयावह हुँदै गयो”, न्यौपानेले भन्नुभयो, “काम गर्न सक्ने वातावरण रहेन । घरबाट लिएको पैसा पनि सकियो । कुनै विकल्प नभएपछि घर फर्कियौँ ।”

न्यौपानेजस्ता सयौँ नेपाली सीमा नाकाबाट नेपाल प्रवेश गर्दै आएका छन् । भारतमा पनि कोरोनो भाइरसको सङ्क्रमणबाट सयौँ सङ्क्रमित हुँदा त्यहाँका नेपालीमा समेत ठूलो त्रास रहेको नेपाल फर्केका नेपालीले बताउने गरेका छन् । न्यौपानेसँगै आएका विकास अधिकारीले घरको जोहो भारतमा गई मजदुरी गरेमात्र चल्ने भन्दै त्यो बाटो बन्द भएको बताउनुभयो । उहाँले यस्तै अवस्था रहे आफूहरुले भोकै मर्नुपर्ने अवस्था सिर्जना हुने भन्दै कोरोना भाइरसको सङ्क्रमण कम भएलगत्तै भारत जाने बताउनुभयो ।

सत्ती भन्सार कार्यालयका प्रमुख रामचन्द्र शर्मा ढकालले पहिलेको तुलनामा चहलपहलमा कमी आए पनि मानिसको ओहोरदोहोर नरोकिएको बताउनुभयो । कोरोनाको सन्त्रास बढेपछि नगरपालिकाले फागुन २४ गतेबाट खक्रौलामा रहेको सहायता कक्ष ‘हेल्थ डेस्क’ मार्फत भारतबाट आउने नेपालीको स्वास्थ्य जाँच गर्न थालेको छ ।

हालसम्म कसैलाई पनि त्यस्तो लक्षण नदेखिएको बताउँदै हेल्थ डेस्कमा कार्यरत अहेव मकेन्द्र रोकायाले लक्षण नदेखिए पनि ढुक्क हुने अवस्था भने नभएको बताउनुभयो । “हालसम्म कसैमा पनि कोरोना भाइरसको लक्षण देखिएको छैन”, अहेव रोकायाले भन्नुभयो, “तर ढुक्क हुने अवस्था पनि छैन । कोरोना भाइरसको लक्षण १४ दिनसम्म पनि देखिने भएकाले अहिले नै सङ्क्रमित प्रवेश गरेको छैन भनेर पुष्टि गर्न सकिने अवस्था छैन ।” रोजगारीका क्रममा भारतका विभिन्न ठाउँमा रहेका नेपालीमध्ये धेरैजसोले कोरोनाको सन्त्रासबाट घर फर्किएको बताउने गरेका छन् । यसरी घर फर्किनेमा कैलाली, बर्दिया, अछाम, सुर्खेत, डोटी, दैलेख, कालीकोटलगायत जिल्लाका बासिन्दा रहेका छन् ।

त्यस्तै बर्दियाको गेरुवा गाउँपालिकाका तीनजना भारतको हैदरावादबाट घर फर्किएका छन् । दुई वर्षपछि घर फर्किएका गोपाल चौधरीले भन्नुभयो, “घर परिवारसँग भेटघाट नभएको पनि धेरै समय भएको थियो । यस्तैमा कोरोनाको हल्ला फैलिएपछि चाँडै फर्किए ।”

भारतमा केही नेपाली कामदारलाई कामबाट निकालिएको छ । तीमध्ये कतिपयलाई फेरि काममा फर्किन भनिएको छ भने कतिपयले रोजगारी नै गुमाएका छन् । भारतको मुम्बईमा एक होटलमा कार्यरत अछामका विकास धामीलाई केही समयपछि काममा आउनु भनिएको छ तर कहिलेसम्म काममा फर्किने भन्ने कुरोको ठेगान छैन । ग्राहकको सङ्ख्या घटेसँगै उनीलगायत धेरै कामदारलाई होटल व्यवस्थापनले केही समयका लागि बिदा दिएको छ । सो होटलमा कुकमा कार्यरत उनी खाली समयको सदुपयोग गर्न घर फर्किनुभएको छ । “एकातिर बिदाको समय अर्कोतिर कोरोनाको हल्ला फैलिन थालेपछि घर फर्किएँ”, उहाँले भन्नुभयो, “मजस्तै धेरैलाई बिदा गरिएको छ ।”

यसरी घर फर्किनेमा भारतका महाराष्ट्र, मुम्बई, हैदरावाद, गुजरात, लखनऊ, सुरतलगायत शहरबाट धेरै रहेको पाइएको छ । सीमा क्षेत्रमा घर फर्किने नेपालीको सङ्ख्या बढेसँगै चुनौतीसमेत थपिएको छ । उहाँहरुलाई भरपर्दो ढङ्गले स्वास्थ्य जाँच गर्न सकिएको छैन । अहिले सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कले थर्मल गनमार्फत ज्वरो नाप्ने र सामान्य सोधपुछ मात्रै गर्दै आएको छ । स्वास्थ्यकर्मीले उनीहरुलाई ज्वरो नाप्नाका साथै रुघाखोकी र श्वासप्रश्वास समस्याबारे सोध्ने गरेको छ ।

थर्मल गनले ज्वरोको मात्रा देखाए पनि रुघाखोकी र श्वासप्रश्वास समस्याबारे सम्बन्धित व्यक्तिले भनेपछि मात्रै स्वास्थ्यकर्मीले थाहा पाउने अवस्था छ । हेल्थ डेस्कमा त्यस्तो सङ्क्रमण देखिने बित्तिकै सबै संयन्त्रहरु तयारी अवस्थामा राखिएको अहेव रोकायाले बताउनुभयो ।