२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० लाख थान मास्कसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको सानोभर्याङबाट प्रहरीले १० लाख थान मास्कसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोरखा आरुघाटका युवराज न्यौपानेलाई मास्कसहित सानोभर्याङबाट पक्राउ गरेको हो।

अपराध महाशाखाकाका प्रमुख एसएसपी सहकुल थापाले एक जना पक्राउ परेको जानकारी दिए। गोरखाका न्यौपानेले सानो भर्‍याङमा दिप ओभरसिज सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।

कोरोना भाइरसको त्राससँगै बजारमा मास्क र स्यानिटाइजरको कालोबजारी बढेपछि वाणिज्य विभागसँगको सहकार्यमा प्रहरीले बजार अनुगमन तीव्र पारेको छ। यसअघि पनि गोदाममा राखेर मास्कको कालोबजारी गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।