२८ भाद्र २०८३, आईतवार
,
Latest
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० लाख थान मास्कसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको सानोभर्याङबाट प्रहरीले १० लाख थान मास्कसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोरखा आरुघाटका युवराज न्यौपानेलाई मास्कसहित सानोभर्याङबाट पक्राउ गरेको हो।

अपराध महाशाखाकाका प्रमुख एसएसपी सहकुल थापाले एक जना पक्राउ परेको जानकारी दिए। गोरखाका न्यौपानेले सानो भर्‍याङमा दिप ओभरसिज सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।

कोरोना भाइरसको त्राससँगै बजारमा मास्क र स्यानिटाइजरको कालोबजारी बढेपछि वाणिज्य विभागसँगको सहकार्यमा प्रहरीले बजार अनुगमन तीव्र पारेको छ। यसअघि पनि गोदाममा राखेर मास्कको कालोबजारी गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।