१२ असार २०८३, शुक्रबार
,
Latest
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेल्थ डेस्क राख्न माग



अ+ अ-

काठमाडौं । यातायात व्यवसायीहरुले भिडभाड हुने ठाउँ र बसपार्कहरुमा हेल्थ डेस्क राख्न माग गरेका छन् ।

यातायात व्यवस्था विभागमा सरोकारवालाहरुसँगको छलफलमा व्यवसायीहरुले यात्रु र चालकको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालले देशका विभिन्न बसपार्कहरु, धेरै भिडभाड हुने ठाउँ, उपत्यकाको कलंकी, गोंगबु बसपार्क, लगनखेल लगायतका ठाउँमा हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताउनुभयो । बजारमा मास्क किन्न जाँदा मास्क नपाईने र स्यानिटाइजरको समेत अभाव भएको अवस्थामा सरकारको तर्फबाट सार्वजनिक सवारीमा चालक र यात्रुको सुरक्षाका लागि आवश्यक प्रवन्ध मिलाउनुपर्ने बताउनुभयो ।

गाडीहरुको संख्या घटेका कारण यात्रुहरुको चाप बढेको उल्लेख गर्दै उहाँले हिम्मत भएका र मुटु भएका चालकले मात्रै सवारी चलाइरहेको बताउनुभयो । महासचिव सिटौलाले प्रत्येक गाडीहरुमा कोरोना भाइरस सम्बन्धि सन्देशहरु प्रशारण गर्ने प्रवन्ध मिलाउनुपर्ने बताउनुभयो ।