२९ कार्तिक २०८२, शनिबार
,
Latest
पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो: प्रधानमन्त्री कार्की शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै ‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’ पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियमित नभए विशेष महाधिवेशन गर्नुपर्छ : कांग्रेस नेता अब्दुल सतार



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले नियमित महाधिवेशन गर्न नसके विशेष गर्नुपर्ने बताएका छन् । उनले विशेष महाधिवेशन गर्न कसैले पनि खुट्टा कमाउनु नपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सदस्य अब्दुल सतारले विशेष महाधिवेशनका लागि २ हजार ४८८ प्रतिनिधिले गरेको मागको सुनुवाइ हुनुपर्ने बताए ।

उनले महामन्त्री गगन थापाले पेस गरेको नियमित महाधिवेशनको समय अनुसार महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानैपर्ने बताए ।

नेता सतारले आगामी फागुन २१ गतेको चुनावभन्दा अगाडि नै महाधिवेशन गर्नुपर्ने र नयाँ नेतृत्वसहित पार्टी चुनावमा जानुपर्ने बताए । निर्वाचनभन्दा पहिला महाधिवेशन गरियो भने निर्वाचनमा अन्तर्घात हुन्छ भन्ने तर्क औचित्यहीन रहेको उनको भनाइ थियो ।