१२ असार २०८३, शुक्रबार
,
Latest
यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल लुकाउने पम्पलाई २ लाख जरिवाना



अ+ अ-

काठमाडौँ । सरकारले पेट्रोल लुकाउने पेट्रोल पम्पलाई २ लाख जरिवाना तोकेको छ । राजधानीको मौतिदेवी पेट्रोल पम्पलाई २ लाख रुपैयाँ जरिवाना तोकेको हो ।

पम्पमा ४ हजार लिटर पेट्रोल मौज्दात रहे पनि बिक्री नगरेको भेटिएपछि आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको टोलीको संयुक्त अनुगमन टोलीले जरिवाना गरेको हो ।

‘पम्पमा ‘पेट्रोल छैन’ भनेर ट्याग राखिएको थियो । तर, निरीक्षण गर्दा ४ हजार लिटर पेट्रोल मौज्दात रहेको पाइयो,’ विभागका अनुगमन निरीक्षक दिपक पोखरेलले भने, ‘पम्पलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मंगलबार राति १० बजे नै जरिवाना गर्यौं ।’

निगमले पर्याप्त इन्धन पठाएको दाबी गरे पनि बजारमा उपभोत्ताको लाइन छ । केही पम्पहरु बन्द नै छन् । इन्धनका लागि
सर्वसाधारणको भीड बढेपछि बुधबार आपूर्ति मन्त्री लेखराज भट्टले दुई दर्जन पम्पमा अनुगमन गरेका हुन् ।