१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

मुहार फेर्दै काठमाडौँ उपत्यकाका सडक

मुहार फेर्दै काठमाडौँ उपत्यकाका सडक
अ अ+ अ-

काठमाडौं । गत वर्षमा चिल्ला सडक खोज्नुपर्ने अवस्था रहेको काठमाडौँ उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् । उपत्यकामा विस्तारका क्रममा रहेका सडकबाहेक अन्यत्र खाल्डाखुल्डी कम मात्रै देखिन थालेको छ ।

गत साता सोह्रखुट्टे–बालाजु सडकखण्डमा कालोपत्र थप्ने काम (ओभरले) भएको थियो । गत साता नै ललितपुरको पुल्चोकलगायत स्थानमा आवधिक मर्मतको काम भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनानुसार उपत्यकाका तीनै जिल्लामा खाल्डा पुर्ने र ‘ओभर ले’ को काम अघि बढेको हो ।

मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपत्यकाका सडक खाल्डा पुर्ने कामलाई विशेष ध्यान दिनुभएको देखिन्छ । गत वर्ष जेठको अन्तिम वा असार महिनामा हतारमा सडकमा काम हुने देख्दै आएका उपत्यकावासी पनि अहिले दोस्रो चौमासिकमा भएको काम देखेर अचम्ममा पर्न थालेका छन् ।

काठमाडौँ जिल्लामा अहिलेसम्म झण्डै २० किलोमिटर सडकमा कालोपत्र थप्ने काम सकिएको छ । आवधिक मर्मतअन्तर्गत उपत्यकाका मुख्य र भित्री भागका सडकमा गरी कालोपत्र भइरहेको छ । यस वर्ष ४१ किमी सडकमा कालोपत्र थप्ने योजनानुसार झण्डै ५० प्रतिशत काम सम्पन्न भएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।

कुनै पनि सडकको आयु सीमित वर्ष मात्रै हुने भएकाले सडकमा यस किसिमको मर्मत गर्नुपर्ने डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । आमनागरिकले खाल्डा नभएको सडकमा मर्मत गरेको भनेर गलतरूपमा बुझ्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकमा खाल्डा पुर्नुभन्दा पहिले नै सम्भावित स्थानमा कालोपत्र एक दिनपहिले हुँदा पनि धेरै रकम बचाउन सकिन्छ ।”

डिभिजनले उपत्यकाका मुख्य र सहायक सडकमा गरी आवधिक मर्मत गरिरहेको छ । ‘ओभर ले’ र खाल्डा पुर्ने काम यही महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको प्रमुख नेपालीले बताउनुभयो । उपत्यकाका तीनै जिल्लामा एकैपटकमा मर्मतको काम भइरहेकाले आवश्यक सामग्री पनि पर्याप्त नहुने उहाँले बताउनुभयो । काठमाडौँ जिल्लामा मुख्य र कतिपय सहायक सडकमा पनि सवारीसाधनको चापका कारण काम गर्ने अवस्था छैन । रातमा काम गर्दा बढी लगानी लाग्ने भए पनि यही समयमा काम गर्नुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो, “कतिपय स्थानमा रातमा समेत सवारीसाधनको चाप हुँदा एकातर्फ काम गर्ने र एकातर्फ सवारीसाधन चल्न दिइने गरिएको छ ।”

काठमाडौँ उपत्यकाका खाल्डाखुल्डीमा यस वर्ष प्रधानमन्त्रीदेखि विषयगत मन्त्रालयले समेत चासो देखाएको पाइन्छ । प्रधानमन्त्रीका विकास समन्वय सल्लाहकार गजेन्द्र थपलियाले दैनिक काम भइरहेका सडक पुगेर अनुगमन गर्दै आउनुभएको छ । मन्त्री नेम्वाङ, सचिव देवेन्द्र कार्की र सडक विभागका महानिर्देशक केशवकुमार शर्मा विभिन्न सडकमा पुगेर अनुगमन गर्दै आउनुभएको छ ।

सडक मर्मत र खाल्डा पुर्ने काम डिभिजनको नियमित काम भए पनि माथिल्लो तहबाट चासो देखाइँदा काममा अझै सहजता हुने प्रमुख नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणका क्रममा कुनै पनि समस्या आउँदा तत्काल समाधान गर्न सकिन्छ र त्यो तहबाट चासो हुँदा स्रोतको कमी हुँदैन ।”

सडक बोर्ड नेपालले देशभरका सडक मर्मतका लागि बजेट सुनिश्चित गर्दै आएको छ । गत वर्षभन्दा यस वर्ष बोर्डले उपत्यकाको सडक मर्मतका लागि बढी रकम विनियोजन गरेको छ । यस वर्ष काठमाडौँको सडक मर्मतका लागि बोर्डले रु एक अर्ब ५० करोड विनियोजन गरेको छ । डिभिजनको मुख्य जिम्मेवारी सडकको मर्मत भए पनि सडक विभागले नयाँ निर्माणमा समेत काम गर्दै आएको छ ।

चालू आवमा काठमाडौँ डिभिजनले झण्डै ५० किमी नयाँ सडक निर्माण गरिरहेको छ । थोरै लम्बाइका सडकका लागि आयोजना कार्यालय स्थापना गर्नुभन्दा डिभिजनमार्फत नै काम भइरहेको छ । निर्माण व्यवसायी पनि सडक मर्मतभन्दा निर्माणमा आकर्षित हुने प्रमुख नेपालीले बताउनुभयो । मर्मतको कामलाई धेरैले झन्झटिलो कामका रूपमा लिने गरेका छन् । कतिपय स्थानमा डिभिजन आफैँले भएका जनशक्ति र उपकरणको प्रयोग गरेर मर्मत गरिरहेको छ भने कतिपय स्थानमा निर्माण व्यवसायीमार्फत काम भइरहेको छ ।

त्यस्तै सार्वजनिक खरिद ऐनले पनि ठाउँठाउँमा खाल्डा पुर्ने काम गराउन कठिन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रु दुई करोडभन्दा कमको काममा योग्यता नचाहिने हुँदा जोकोहीले पनि ठेक्का पाउने सम्भावना छ ।”

मन्त्री नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको अवसरमा तीन महिनामा उपत्यकाको नौ हजार ५०० खाल्डाखुल्डी पुरेको बताउनुभएको थियो । हिउँदमा कालोपत्र गरिने समय नभए पनि उक्त अवधिमा उपत्यकाको मुख्य क्षेत्रका २७ किलोमिटर सडक कालोपत्र भइसकेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेको छ । उपत्यकाको कोरिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको काम पनि अघि बढिरहेको छ ।