२१ भाद्र २०८३, आईतवार
,
Latest
जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्डद्वारा २३६ सदस्यीय केन्द्रीय सदस्यको नाम प्रस्ताव



अ+ अ-

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जनाको केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गर्नुभएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दशत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गर्नुभएको हो । माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ । यस्तै, माओवादीको पदाधिकारी १५ सदस्यी हुने व्यवस्था गरिएको छ ।

सर्वसहमतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । अध्यक्षले गर्नुभएको प्रस्तावलाई बन्दशत्रले पारित गर्नुपर्नेछ ।