५ असार २०८३, शुक्रबार
,
Latest
प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाचगानबाट सङ्कलित रकम सडक निर्माणमा सहयोग



अ+ अ-

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ख्याली नाच र आमा समूहले नाचगानबाट सङ्कलित रकम सडक निर्माणका लागि सहयोग गरेका छन् ।

ख्याली नाच समूहका कलाकारहरुले दसैँमा नृत्य प्रदर्शन गरेर दानदक्षिणबापत सङ्कलन गरेको रु एक लाख र हिमाली आमा समूहले तिहारमा देउसीभैलो खेलेर जुटाएको रु दुई लाख म्याग्दीको सबैभन्दा विकट मानिने गुर्जा जोड्ने सडक योजनाका लागि सहयोग गरेका हुन् ।

ख्याली नाच समूहले आज वडा कार्यालयमार्फत सडक निर्माणका लागि गुर्जा विकास मञ्चलाई उपलब्ध गराएको धवलागिरि गाउँपालिका–१ का अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

यसअघि गत तिहारमा आमासमूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रु दुई लाख नगद पनि वडा कार्यालयमार्फत मञ्चलाई उपलब्ध गराएका थिए । गुर्जा म्याग्दीमा सडक सञ्जालको पहुँच नपुगेको एक मात्रै वडा हो । गाउँमा छिटो मोटरबाटो जोडियोस् भन्ने उद्देश्यले सहयोग गरेको आमा र ख्यालीनाच कलाकार समूहका पदाधिकारीहरुले बताउनुभयो ।

धवलागिरि गाउँपालिकलाको वडा नं २ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म सडकको पहुँच पु-याउन करिब पाँच किलोमिटर सडकको ट्र्याक निर्माण गर्न बाँकी रहेको छ ।

उहाँका अनुसार, लुलाङ–गुर्जा सडकका लागि यस वर्ष सङ्घीय सरकारले समपूरक बजेटबाट रु एक करोड ४० लाख, गाउँपालिकाले समपूरक साझेदारी बजेट रु ३५ लाख, सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।
रासस