२९ कार्तिक २०८२, शनिबार
,
Latest
कर्णाली यश्विसले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो: प्रधानमन्त्री कार्की शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै ‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाल तेस्रो वरियतामा



photo: rss
अ+ अ-

काठमाडौं । बुधबार घोषणा हुन लागेको नेपाली कम्युनिस्ट पार्टीमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तेस्रो वरियतामा स्थान पाउने भएका छन् ।

बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूबीचको छलफलपछि खनाललाई तेस्रो वरियतामा राख्ने सहमति भएको स्रोतले जनाएको छ ।

यसअघि यो स्थान बामदेव गौतमका लागि तय गरिएको थियो । तर, विभिन्न घटकबीच हुन लागेको एकता प्रक्रियाप्रति खनालले असन्तुष्टि जनाउँदै आएका थिए ।

अन्ततः खनाल भृकुटीमण्डपमा आयोजित घोषणा सभामा सहभागी भएका छन् । एकता वार्तामा संलग्न एक नेताका अनुसार, बुधबार बिहान भएको अन्तिम छलफलमै खनालले तेस्रो वरियतामा बसेर नयाँ नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने सहमति जनाएका हुन् ।

नयाँ पार्टीमा वरियताको क्रम यस प्रकार रहेको छ —

पुष्पकमल दाहाल ‘प्रचण्ड’

माधवकुमार नेपाल

झलनाथ खनाल

बामदेव गौतम

नारायणकाजी श्रेष्ठ

खनालले यसअघि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । पार्टी एकताप्रति असन्तुष्ट खनालले सुरुमा पार्टी पुनर्गठनको प्रक्रियामा लाग्ने संकेत दिएका थिए, तर अन्तिम समयमा उनी प्रचण्ड–माधव समूहतर्फ उन्मुख भएका हुन् ।