६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाल तेस्रो वरियतामा

नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाल तेस्रो वरियतामा
photo: rss
अ+ अ-

काठमाडौं । बुधबार घोषणा हुन लागेको नेपाली कम्युनिस्ट पार्टीमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तेस्रो वरियतामा स्थान पाउने भएका छन् ।

बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूबीचको छलफलपछि खनाललाई तेस्रो वरियतामा राख्ने सहमति भएको स्रोतले जनाएको छ ।

यसअघि यो स्थान बामदेव गौतमका लागि तय गरिएको थियो । तर, विभिन्न घटकबीच हुन लागेको एकता प्रक्रियाप्रति खनालले असन्तुष्टि जनाउँदै आएका थिए ।

अन्ततः खनाल भृकुटीमण्डपमा आयोजित घोषणा सभामा सहभागी भएका छन् । एकता वार्तामा संलग्न एक नेताका अनुसार, बुधबार बिहान भएको अन्तिम छलफलमै खनालले तेस्रो वरियतामा बसेर नयाँ नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने सहमति जनाएका हुन् ।

नयाँ पार्टीमा वरियताको क्रम यस प्रकार रहेको छ —

पुष्पकमल दाहाल ‘प्रचण्ड’

माधवकुमार नेपाल

झलनाथ खनाल

बामदेव गौतम

नारायणकाजी श्रेष्ठ

खनालले यसअघि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । पार्टी एकताप्रति असन्तुष्ट खनालले सुरुमा पार्टी पुनर्गठनको प्रक्रियामा लाग्ने संकेत दिएका थिए, तर अन्तिम समयमा उनी प्रचण्ड–माधव समूहतर्फ उन्मुख भएका हुन् ।