२९ कार्तिक २०८२, शनिबार
,
Latest
इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो: प्रधानमन्त्री कार्की शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै ‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’ पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ: अध्यक्ष ढकाल दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग–२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई नेपालले २४० रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आइसिसी एकेडेमीमा घरेलु टोलिविरुद्धको एकदिवसीय शृङ्खालको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन जोड्यो ।

नेपालका लागि भिम सार्कीले ४८, कुशल मल्लले ४५, दिपेन्द्र सिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० रन जोड्दा सन्दीप लामिछाने १५ रनमा अविजित रहे ।

बलिङतर्फ युएईका जुनैद सिद्धीकी ध्रुव पराशर र मुहम्मद जवादुल्लाहले दुई–दुई विकेट लिए भने जाहिद अलीले एक विकेट लिए ।

यस शृङ्खलामा यसअघि नेपालले खेलेको तीन खेलमा तीनैमा पराजित भएको छ ।

पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।

समग्रमा भने १९ खेल खेलको नेपाल १२ हार र पाँच जितकासाथ १२ अङ्क जोडेर अङ्क तालिकाको सातौं स्थानमा छ । दुई खेल भने विना नतिजा टुङ्गिएको थियो ।

यता युएई १९ खेलबाट १५ हार र चार जितको साथ आठ अङ्क जोडेर अङक तालिकाको अन्तिम स्थानमा छ ।