२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाह मुद्दामा दोषी ठहर एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान



अ+ अ-

काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् ।

बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालतमा उपस्थित गराइएको थियो । अदालतले डिल्लीबजार कारागार पठाउने पत्र जारी गरेपछि उनलाई प्रहरीको टोलीले डिल्लीबजार कारागारमा पुर्‍याएको हो ।

शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको थियो । उनीमाथि बहुविवाहसम्बन्धी मुद्दामा अदालतले एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो ।

उक्त मुद्दा यसअघि एमाले सचिवालय बैठकमा पनि उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनको विषय उठाउँदै शेर्पालाई निलम्बन गर्नुपर्ने बताएका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले यो विषयलाई सामान्य रहेको बताउँदै निलम्बन नगर्ने अडान लिएका थिए ।

पासाङ शेर्पा यसअघि अशोक राईसँगको समूहबाट छुट्टिएर डा. बाबुराम भट्टराईको पार्टीमा पुगेका थिए । त्यसपछि माओवादी केन्द्र हुँदै पुनः एमालेमा फर्किएका थिए ।