१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाह मुद्दामा दोषी ठहर एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान



अ+ अ-

काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् ।

बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालतमा उपस्थित गराइएको थियो । अदालतले डिल्लीबजार कारागार पठाउने पत्र जारी गरेपछि उनलाई प्रहरीको टोलीले डिल्लीबजार कारागारमा पुर्‍याएको हो ।

शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको थियो । उनीमाथि बहुविवाहसम्बन्धी मुद्दामा अदालतले एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो ।

उक्त मुद्दा यसअघि एमाले सचिवालय बैठकमा पनि उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनको विषय उठाउँदै शेर्पालाई निलम्बन गर्नुपर्ने बताएका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले यो विषयलाई सामान्य रहेको बताउँदै निलम्बन नगर्ने अडान लिएका थिए ।

पासाङ शेर्पा यसअघि अशोक राईसँगको समूहबाट छुट्टिएर डा. बाबुराम भट्टराईको पार्टीमा पुगेका थिए । त्यसपछि माओवादी केन्द्र हुँदै पुनः एमालेमा फर्किएका थिए ।