२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले आफू निःशर्त नेकपा एमालेमा फर्किन तयार रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित आफू एमालेमा कुनै शर्त बिना फर्किन तयार रहेको र आफूहरुलाई हाँसेर बोलिदिए पुग्ने जिकिर गर्नुभयो । आफूले पसिना बगाएको, जीवन अर्पण गरेको पार्टीमा फर्किन आफूहरुले चाहेको बताउनु भयो । आफूहरु कुनै पदको लागि फर्किन नलागेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले नेकपा (माओवादी केन्द्र) सहित पार्टी एकता गर्नै निर्णय ग¥यो । र अर्को हाम्रा पार्टीका महासचिव, सम्मानित नेताहरुले अर्को पार्टी पुनःगठन गर्ने प्रक्रियामा हुनुहुन्छ । हामी यो टिम वा हामी साथीहरु पार्टीका स्थायी कमिटीका सदस्य रामकुमारी झाँक्री लगायतका साथीहरु कसैसँग समाहित र कसैसँग एकता भन्दा पनि हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा फर्किने अभियानमा छौँ । हामी घर फर्किने क्रममा नेकपा एमालेसँग वार्ता संवादमै छौँ । हामी कुनै पदको लागि होइन, निःशर्त घरमा फर्किंदै छौँ । हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए पुग्छ ।’

नेता श्रेष्ठले एमाले नेताहरुले आफूहरुलाई सम्मानजनक व्यवहार गरिदिए मात्रै पुग्ने बताउनु भयो ।