१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आज ९ दलको एकता घोषणा हुँदै



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ वटा कम्युनिस्ट पार्टीबीच आज एकता घोषणा हुँदै छ ।

एकतामा सहभागी दलहरुले आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गरेर एकता घोषणा गर्न लागेका हुन् ।

नेपालका कम्युनिस्ट पार्टीहरूमा ध्रुवीकरण र टुटफुटको शृङ्खला तीव्र छ । नेकपा एमालेबाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी लगायत साना कम्युनिष्ट दलहरूमा धुर्वीकरण र टुटफुट जारी छ ।

जेन–जी आन्दोलनपछि पार्टीहरूको पुनर्गठन अभियानसँगै कम्युनिष्ट पार्टीहरूमा तीव्र विवाद र योसँगै यसअघि विभाजन भएका पार्टीहरूको एकताको श्रृंखला नै चलेको छ ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत साना ९ दलले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा राख्ने सहमति गरेका छन् । नयाँ भन्ने पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ ।

एकता घोषणा भएपछि उनीहरूले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन् ।

उता एकता घोषणा कार्यक्रम भइरहेको बेला माओवादीबाट अलग भएको जनार्दन शर्मा समूहले पारदर्शी नेपाल नामको अभियान सुरु गरेको छ भने नेकपा एकीकृत समाजवादीबाट अलग भएका महासचिव घनश्याम भुसालले आजै पत्रकार सम्मेलन गरी विराट वाम एकताको अभियान सुरु गर्न लागेका छन् ।

त्यस्तै, नेकपा यसबाट अलग भएकी नेता रामकुमारी झाँक्री र पूर्व सांसद किसान श्रेष्ठ लगायतले छुट्टै पत्रकार सम्मेलन गरी एमालेमा जाने जानकारी गराउन लागेका छन् । भुसाल र झाँक्री पक्षको छुट्टाछुट्टै पत्रकार सम्मेलन आयोजना हुन लागेको छ । नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले मङ्गलबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी छलफल गरेका छन् ।

छलफलमा ओलीले एमालेमा प्रवेश गर्न ढोका खुल्लै भए पनि कुनै शर्त लागू नहुने जानकारी दिएका छन् । खनालले एमालेले बहुदलीय जनवाद छोड्नुपर्नेलगायतका शर्त राखेर एमालेमा प्रवेश गर्ने संकेत गरेका थिए ।