३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः बायर्नले पिएसजीलाई हरायो, लिभरपुलसँग रियल पराजित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत जर्मन क्लब बायर्न म्युनिखले लगातार चौंथो जित निकालेको छ ।

अपराजित रहेको बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई उसकै घरेलु मैदानमा १–२ गोलले हराएको हो ।

बायर्नको जितमा दुबै गोल लुइस डियाजले गरे । खेलको चौंथो मिनेटमा नै डियाजले बायर्नलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा डियाजले दोस्रो गोल गर्दा बायर्न २–० ले अघि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा बायर्नका गोलकर्ता डियाजले रातो कार्ड खान पुगे । उनले पिएसजीका अफ्रच हाकिमीविरुद्ध खराब ट्याकल गरे ।

पहिले रेफ्रिले उनलाई पहेँलो कार्ड देखाएका थिए । तर, भिएआरको सहायतामा रेफ्रिले उनको ट्याकल हेरेर उनलाई रातो कार्ड प्रदान गरे । दोस्रो हाफमा बायर्न १० खेलाडिमा समेटियो । तर, पिएसजीले त्यसको फाइदा उठाउन सकेन । खेलमा दबदबा राखेपनि एक गोल मात्रै फर्काउन सक्यो । ७४ औं मिनेटमा जोआओ नेभेसले गोल गरे ।

जितसँगै बायर्न ४ खेलमा ४ जितसहित १२ अंकका साथ तालिकाको शिर्षस्थानमा छ । पिएसजी ९ अंकका साथ तेस्रो स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले स्पेनि क्लब रियल मड्रिडलाई १–० गोलले हरायो । घरेलु टोलिको जितमा एकमात्र निर्णायक गोल एलेक्सिस म्याक एलिस्टरले गरे । उनले खेलको ६१ औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजापछि दुबै टोलि ९–९ अंकका साथ तालिकाको पाँचौं र छैटौं स्थानमा छन् ।