२९ कार्तिक २०८२, शनिबार
,
Latest
कर्णाली यश्विसले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो: प्रधानमन्त्री कार्की शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै ‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः बायर्नले पिएसजीलाई हरायो, लिभरपुलसँग रियल पराजित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत जर्मन क्लब बायर्न म्युनिखले लगातार चौंथो जित निकालेको छ ।

अपराजित रहेको बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई उसकै घरेलु मैदानमा १–२ गोलले हराएको हो ।

बायर्नको जितमा दुबै गोल लुइस डियाजले गरे । खेलको चौंथो मिनेटमा नै डियाजले बायर्नलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा डियाजले दोस्रो गोल गर्दा बायर्न २–० ले अघि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा बायर्नका गोलकर्ता डियाजले रातो कार्ड खान पुगे । उनले पिएसजीका अफ्रच हाकिमीविरुद्ध खराब ट्याकल गरे ।

पहिले रेफ्रिले उनलाई पहेँलो कार्ड देखाएका थिए । तर, भिएआरको सहायतामा रेफ्रिले उनको ट्याकल हेरेर उनलाई रातो कार्ड प्रदान गरे । दोस्रो हाफमा बायर्न १० खेलाडिमा समेटियो । तर, पिएसजीले त्यसको फाइदा उठाउन सकेन । खेलमा दबदबा राखेपनि एक गोल मात्रै फर्काउन सक्यो । ७४ औं मिनेटमा जोआओ नेभेसले गोल गरे ।

जितसँगै बायर्न ४ खेलमा ४ जितसहित १२ अंकका साथ तालिकाको शिर्षस्थानमा छ । पिएसजी ९ अंकका साथ तेस्रो स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले स्पेनि क्लब रियल मड्रिडलाई १–० गोलले हरायो । घरेलु टोलिको जितमा एकमात्र निर्णायक गोल एलेक्सिस म्याक एलिस्टरले गरे । उनले खेलको ६१ औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजापछि दुबै टोलि ९–९ अंकका साथ तालिकाको पाँचौं र छैटौं स्थानमा छन् ।