६ श्रावण २०८३, बुधबार
,
Latest
माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२ मा आज नेपाल र यूएई भिड्दै, नेपाल पहिलो जितको खोजीमा



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय यूएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले यूएईसँग खेल्दैछ ।

यो खेल यूएईको आईसीसी एकेडेमी ग्राउण्डमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरू हुनेछ ।

जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो । आजको खेल जित्नै पर्ने दबाबमा नेपाल छ ।

अमेरिकालाई २ सय ७२ रनको लक्ष्य दिए पनि नेपालले यो योगफललाई रक्षा गर्न सकेको थिएन । लगातार हारले नेपालको सिधै विश्वकप छनोटसम्म पुग्ने सम्भावना कठीन बन्दा एकदिवसीय मान्यता जोगाउन पनि निकै सुधारिएको प्रदर्शन गर्नु पर्नेछ ।

अपराजित रूपमा टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्दै २०२६ मा स्थान सुरक्षित गरेको नेपालले ओडीआईमा भने कमजोर प्रदर्शन गरेको छ ।

शृंखलामा तीन खेल हारेको नेपाल सान्त्वना जितको खोजीमा हुने छ । अघिल्लो खेलमा अमेरिकासँग २ सय ४३ रनको फराकिलो हार बेहोरेको यूएईले पनि घरेलु मैदानमा कमजोर प्रदर्शन गरेको छ । यस सिरिजमा यूएई अमेरिकासँगका दुबै खेलमा पराजित भएको छ भने नेपालविरूद्ध जित हात पारेको छ ।

लिग–टूमा नेपाल हाल १९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ । समान खेलमा ८ अकं जोडेको यूएई पुछारमा छ ।