२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

झलनाथ खनाल एमालेमै फर्कन तयार, ओलीसँगको भेटमा के भयो कुरा ?

झलनाथ खनाल एमालेमै फर्कन तयार, ओलीसँगको भेटमा के भयो कुरा ?
अ अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेमै फर्कन तयार भएका छन् । गएराति खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले गुण्डुमै पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

त्यस क्रममा एकीकृत समाजवादीमा आएको विभाजनका विषयमा छलफल भएका थिए ।

एमाले अध्यक्ष ओलीले खनालसहित सबै नेता तथा कार्यकर्तालाई मूल घरमै फर्कन आग्रह गरेका थिए । दुई नेताबीच भएको छलफल सकारात्मक भएको बताइएको छ ।

नेकपा माओवादी केन्द्र सहितका घटकहरुसँग पार्टी एकता गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्णय लिएपछि खनाल सहितका नेताहरू असन्तुष्ट थिए । एकता प्रक्रिया नै अस्वीकार गरेका पूर्वप्रधानमन्त्री खनाललाई ओलीको सचिवालयले छलफलका निम्ति गुन्डु बोलाएको थियो ।

त्यसो त खनालले एमाले फर्कन चार शर्त राखेका छन् । उक्त सर्तमा ओलीले छलफल गर्न सकिने बताएपछि फेरि भेट्नेगरी खनाल डल्लु फर्किएका छन् ।

माओवादीसँग एकता गर्न तयार नभएको र घनश्याम भूसालको नेतृत्वमा हुन लागेको पुनर्गठन प्रक्रियामा समेत सामेल नभएकी रामकुमारी झाँक्री लगायत नेताहरू भने निशर्त एमाले फर्कने तयार भइसकेका छन् ।