४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

३३औं आईजीपीमा एआईजी राजन अधिकारीको दाबेदारी

३३औं आईजीपीमा एआईजी राजन अधिकारीको दाबेदारी
अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको ३३ औं महानिरीक्षकका लागि चार जना एआईजीबीच तीव्र प्रतिस्पर्धा छ । ८ जना एआईजी भए पनि चार जनाबीच भावी नेतृत्वको प्रतिस्पर्धा चलेको हो ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ यही कात्तिक २६ गते अवकाशमा जाने भएपछि भावी आईजीपी बन्ने होडबाजी छ ।

आईजीपी बन्न प्रतिस्पर्धामा रहेका ४ प्रहरी अतिरिक्त महानिरीक्षकहरुमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआईजीपी दानबहादुर कार्की, मानव स्रोत साधन विभागमा कार्यरत एआईजी राजन अधिकारी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत डा. मनोज केसी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) महाराजगञ्जमा कार्यरत सिद्धिविक्रम शाह छन् ।

वरिष्ठताका आधार हेर्ने हो कार्की पहिलो नम्बरमा छन् । तर दोस्रो बरियतामा रहेका अधिकारीले आफूलाई अब्बल पुष्टि गर्ने प्रयास थालेका छन् । अधिकारी बौद्धिक र शालिन प्रहरी अधिकारीका रुपमा प्रहरी संगठनमा परिचित छन् ।

रोचक कुरा के छ भने अमेरिकाको भिषा र प्रहरी निरीक्षक छनोट एकै पटक पर्दा उनले अमेरिका जाने कुरा त्यागेर नेपाल प्रहरी सेवा रोजेका थिए । कानुनमा स्नातकोत्तर (एलएलएम) पूर्वाञ्चल विश्वविद्यालयबाट गोल्डमेडल (२०६७) प्राप्त उनी बौद्धिक, शालिन भद्र र आफ्नो पद कामको जिम्मेवारीप्रति कर्तव्यनिष्ठ छन् ।

२०५४ सालमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका उनी २०६६ सालमा नायव उपरीक्षक भएका थिए । २०७४ सालमा उपरीक्षक, २०७९ सालमा वरिष्ठ उपरीक्षक हुँदै २०८१ सालमा प्रहरी नायव महानिरीक्षकमा बढुवा भएका थिए । २०८२ सालमै प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका उनले विभिन्न पदक र प्रशंसापत्रसमेत प्राप्त गरेका छन् ।

त्यसो त आईजीपीका दाबेदार अरु एआईजीहरु पनि आ–आफ्नो क्षेत्रमा दख्खल भएका अधिकृतहरु हुन् । यसपटक सुशीला कार्की नेतृत्वको गैरराजनीतिक सरकार भएकाले पनि अधिकारीले नै बाजी मार्न सक्ने चर्चा प्रहरी संगठनमा चलेको छ ।