२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा महिला गोल्डकप : पाहुना टोलीविरुद्ध एपिएफको गोल वर्षा



अ+ अ-

झापा, १८ कात्तिक : शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा आज भएको खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौँ विजयी भएको छ ।

एपिएफले पाहुना टोली सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको हो । यो जितसँगै एपिएफ टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपिएफले खेलको २९ औँ मिनेटमा सविता राना मगरको पहिलो गोल र ३८ औँ मिनेटमा अनिता बस्नेतको दोस्रो गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा एपिएफले लगातार दुई गोल थपेको थियो भने ४१ औँ मिनेटमा एपिएफकी रश्मीकुमारी घिसिङले र इन्जुरी समयमा अनिता बस्नेतले अर्को गोल थपेकी थिइन् । पहिलो हाफमै एपिएफले पाँच गोलका साथ अग्रता लिएको थियो ।

दोस्रो हाफमा एपिएफकी अनिता केसीले ७१ औँ मिनेटमा र ८४ औँ मिनेटमा रश्मीकुमारीले गोल थपेकी थिइन् । सिक्किमकी प्रशिक्षक लाकु फुर्बी भुटियाले यो हारलाई सिकाइ अनुभवका रूपमा लिएको बताइन् । “हाम्रो टोली युवा छ, आगामी खेलहरूमा सुधार गर्नेछौँ”, उनको भनाइ थियो ।

खेलकी प्लेयर अफ द म्याच रश्मी घोषित भइन् । उनले नगद रु १५ हजार र ट्रफी प्राप्त गरिन् । बुधबार तेस्रो क्वार्टर फाइनलमा सङ्कटा फुबटल क्लब काठमाडौँ र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद रु १० लाख १० हजार पाउने छ । त्यस्तै, उपविजेताले नगद रु पाँच लाख पाउने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख ५० हजार प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद रु २५ हजार पुरस्कार पाउने छन् । रासस