काठमाडौं। नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । उनलाई आज (मंगलबार) प्रहरीले काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो।
ताप्लेजुङका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो। शेर्पा एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत हुन्।










