२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको डर: प्रचण्डको भेटघाट बन्द



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाको सन्त्रास बढेकाले अति जरुरी बाहेकका अन्य भेटघाट बन्द गरेका छन् । विश्वभर फैलिइरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भेटघाट बन्द गरिएको प्रचण्डकी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन् ।

गंगाले बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट९अत्यावाश्यक० बाहेक हाललाई स्थगित गरिएको छ’,लेखेकी छन् ।

सामान्य अवस्थामा प्रचण्डले बिहान र बेलुका आफ्नै निवास खुमलटारमा नेता कार्यकर्तासँग भेटघाट गर्ने गरेका थिए ।