१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पन्ध्र घाइते

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पन्ध्र घाइते
अ अ+ अ-

परासी । पश्चिम नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पन्ध्र घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सरावल गाउँपालिका–१ बासामा कार र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बर्दघाट–४ का ५३ वर्षीय रत्नबहादुर कामीको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१च ९६२२ नंको कार र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु३५प ३१२७ नंको मोटरसाइकल गए राति ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कामीको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतकै सरावल–१ तुल्सीनगरमा पनि गए राति रोकिराखेकोे ना२ख ७४८३ नंको ट्रकमा लु१४प २२३४ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सरावल–१ का ४१ वर्षीय ईश्वरबहादुर कार्कीको मृत्यु भएको छ ।

यस्तै जिल्लाको बर्दघाट नगरपालिका–२ चिसापानीमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा पन्ध्र यात्रु घाइते भएका छन् । काठमाठौँबाट धनगढीतर्फ जाँदै गरेको बा४ख ८४८७ नंको बस अनियन्त्रित भई पल्टिएको हो । घाइतेहरुको बुटवलमा उपचार भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।