२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमी मन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माडकुमारी अर्यालसँग भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले नेपाल-भारतबीचको सम्बन्ध कूटनीतिकसँगै अन्य सम्बन्धहरु पनि विशेष रहेको बताउनुभएको थियो ।

भेटमा मन्त्री अर्यालले नेपाल-भारतबीचमा केही विषयहरु लाङ्गो समयदेखि रहेको र त्यो दुई देशबीचमा आपसमा छलफल गरेर समाधान गर्नुपर्ने बताउनुभयो । ‘हिजोदेखी थाती रहेका केही विषयहरु छन् । जो दुई देशबीचमा छलफल गरेर आपसमा टुङ्ग्याउनुपर्ने विषय छन्’, मन्त्री अर्यालले भन्नुभयो, ‘ती कुराहरु यहाँको कार्यकालमा अगाडी बढ्न सकोस् ।’ मन्त्री अर्यालले यसअघिका राजदूतले गर्दैगरेर बाँकी कामका जिम्मेवारीहरु समेत राम्रोसँग पुरा गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

त्यस अवसरमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रसंसा गर्दै मन्त्रालयस्तरिय केही कामहरुमा दुतावासले सहकार्य गर्न सक्ने बताउनुभएको थियो । यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय कामहरु नेपालमा भएको भन्दै राजदूत क्वात्राले ती कामहरुलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ती कोशिस गरिने बताउनुभयो । ‘मेरो कार्यकालमा हाम्रो सम्बन्धको प्रगति र गतिमा कमी नआओस्’, राजदूत क्वात्राले भने, ‘हाम्रो दुई देशबीचमा त्यस्तो ठूलो कुनै कारण छैन । रहेका विषयहरु आपसमा शान्तिपुर्वक बसेर समाधान गर्न सकिन्छ ।’