२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरना प्रभाव : लोकसेवा आयोगका परीक्षा स्थगित



अ+ अ-

काठमाडौं । लोकसेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ । बिहीबार एक सूचना जारी गर्दै लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरेको हो ।

पूर्वनिर्धारित निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षा चैत ८ गतेदेखि सुरू भई मसान्तसम्म सकिने तालिका थियो।

बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरलको संयोजकत्वमा बसेको बैठकले सबै परीक्षा तथा पठनपाठन स्थगित गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै आयोगले अर्को सूचना जारी नहुँदासम्मका लागि परीक्षा स्थगित गरेको हो।

यस्तै त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले पठन पाठन र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

‘चैत ७ गतेपछि हुने त्रिविका सबै संकाय र सबै तहका परीक्षा स्थगित गरिएको छ’ त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले भने । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले बिहीबारदेखि हुने एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको थियो ।