१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

सरकारको निर्णय गृहमन्त्रालयले नै उल्लंघन गर्याे

सरकारको निर्णय गृहमन्त्रालयले नै उल्लंघन गर्याे
अ अ+ अ-

काठमाडौँ । नोपल सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै हिजो केही निर्णय गरेको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्दै गरेको निर्णय स्वयं गृह मन्त्रालयले नै आजै उल्लंघन गरेको छ । गृह मन्त्रालय आफै नियम पालना गराउने निकाय हो । तर उसैले नियम उल्लंघन गर्नु दुःखद हो ।

सरकारले हिजोमात्र एसइइ स्थगित गर्नेदेखि यस्तो उपस्थिति प्रतिबन्ध लगाएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको निर्णय उल्लंघन गर्नेगरी गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले जमलको एल्लो प्यागोडा होटलमा ३ सय १९ जनालाई सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्ता प्रणाली प्रशिक्षण जारी राखेको छ ।
कार्यक्रममा सहभागी एक प्रशिक्षार्थीका अनुसार एउटा कोठामा ५० जनाको हाराहारीमा राखेर प्रशिक्षण जारी राखिएको छ । ब्रेकफास्ट र लन्च समयमा सबै प्रशिक्षार्थी एकै ठाउँमा भेला हुँदा झनै खतरा हुने देखिन्छ ।

प्रतिष्ठानका निर्देशक कृष्णचन्द्र ढकालले पनि यो कुराको पुष्टि गरेका छन् । उनले १ सय ६० जना स्थानीय तहका फिल्ड सहायकको तालिम आजै सकिने बताए । उनले अन्यको हकमा भने के गर्ने भन्नेबारे छलफल भइरहेको बताए । करिब १५९ जना इन्फरमेसन म्यानेजमेन्ट अपरेटरलाई चार फरक–फरक ठाउँमा राखेर प्रशिक्षण जारी राखिएको ती सहभागीले बताए । तालिममा सहभागी एक प्रशिक्षार्थीका अनुसार चार ठाउँमा राखेर तालिम गर्दा पनि एउटा कोठामा करिब ४० जना जतिकै संख्या पुग्ने देखिन्छ ।