२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको निर्णय गृहमन्त्रालयले नै उल्लंघन गर्याे



अ+ अ-

काठमाडौँ । नोपल सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै हिजो केही निर्णय गरेको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्दै गरेको निर्णय स्वयं गृह मन्त्रालयले नै आजै उल्लंघन गरेको छ । गृह मन्त्रालय आफै नियम पालना गराउने निकाय हो । तर उसैले नियम उल्लंघन गर्नु दुःखद हो ।

सरकारले हिजोमात्र एसइइ स्थगित गर्नेदेखि यस्तो उपस्थिति प्रतिबन्ध लगाएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको निर्णय उल्लंघन गर्नेगरी गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले जमलको एल्लो प्यागोडा होटलमा ३ सय १९ जनालाई सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्ता प्रणाली प्रशिक्षण जारी राखेको छ ।
कार्यक्रममा सहभागी एक प्रशिक्षार्थीका अनुसार एउटा कोठामा ५० जनाको हाराहारीमा राखेर प्रशिक्षण जारी राखिएको छ । ब्रेकफास्ट र लन्च समयमा सबै प्रशिक्षार्थी एकै ठाउँमा भेला हुँदा झनै खतरा हुने देखिन्छ ।

प्रतिष्ठानका निर्देशक कृष्णचन्द्र ढकालले पनि यो कुराको पुष्टि गरेका छन् । उनले १ सय ६० जना स्थानीय तहका फिल्ड सहायकको तालिम आजै सकिने बताए । उनले अन्यको हकमा भने के गर्ने भन्नेबारे छलफल भइरहेको बताए । करिब १५९ जना इन्फरमेसन म्यानेजमेन्ट अपरेटरलाई चार फरक–फरक ठाउँमा राखेर प्रशिक्षण जारी राखिएको ती सहभागीले बताए । तालिममा सहभागी एक प्रशिक्षार्थीका अनुसार चार ठाउँमा राखेर तालिम गर्दा पनि एउटा कोठामा करिब ४० जना जतिकै संख्या पुग्ने देखिन्छ ।