१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

क्यान्सर रोगसंग लड्दै ४९ वर्षीय शिवकुमार, सहयोगको याचना

क्यान्सर रोगसंग लड्दै ४९ वर्षीय शिवकुमार, सहयोगको याचना
अ अ+ अ-

भद्रपुर । ८ वर्षयता घाँटीको क्यान्सर रोगसित लड्दै आएका भद्रपुर ७ काफ्ले टोलका ४९ वर्षीय शिवकुमार महत रकम अभावमा उपचार सेवाबाट बञ्चित भएका छन् । २ सन्तानका पिता समेत रहेका महत दैनिक ज्यालादारी र मजदुरी गरेर परिवार पाल्दै आइरहेका भए पनि रोगले च्यापेपछि गाँस जुटाउन मात्र होइन औषधी खान समेत नपाएर छट्पटिएका हुन् ।

आफ्नो र परिवारको नाममा जग्गा जमिन समेत नरहेका सुकुमबासी महतले ८ लाख बढी खर्चेर अहिलेसम्म ज्यान त बचाए तर यस अगाडि कसरी उपचार गर्ने ? भन्ने चिन्ताले पिरोलेपछि सामाजिक अभियन्ता भुपाल बस्नेतलाई गुहार्न पुगेका छन् । गंगामाया नरबहादुर बस्नेत क्यान्सर, मृगौला उपचार सहयोग केन्द्र मार्फत भुपालले महत बचाउ अभियानका लागि चन्द्रगढी र भद्रपुर बजारमा सहयोग जुटाएर क्यान्सर उपचार केन्द्रमा लैजान पहल थालेका छन् । चैत्र ७ गते झापा सदरमुकाम स्थित चन्द्रगढी र भद्रपुर बजार क्षेत्रमा सहयोग जुटाउने अभियान चलाउने जानकारी दिँदै गरिबले अस्पतालको मुख हेरेर मात्र मर्न पाउने वातावरण निर्माण गरिदिन सवैसित अनुरोध समेत गरेका छन् ।

पीडित महतकी श्रीमती निर्मलाका अनुसार दुई महिना यता शिवलाई क्यानसरसितै मृगौलामा संक्रमण बढेपछि नोवेल मेडिकल कलेज विराटनगर तथा भद्रपुर स्थित मेची अस्पतालमा उपचारका लागि राखिएको भए पनि यी अस्पतालले भारतको भेल्लोर लैजान सुझाव दिएको बताइन् । उनका अनुसार त्यहाँ लगेर उपचार गर्ने खर्च रकम छैन । सवैले सहयोग गरिदिए शिवको ज्यान बच्ने भन्दै निर्मलाले सहयोगको याचना गरेकी छिन् । मेची अस्पतालको बेडमा छट्पटाइरहेका शिवका दुवै आखाबाट मृत्युको त्रासले आँशु बगिरहेका थिए । बोलन समेत राम्ररी नसक्ने उनले सहयोगको याचना भने गरिरहेको देखिन्थ्यो ।