१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

सांसदहरुले यसकारण गराए सरकारको ध्यानाकर्षण

सांसदहरुले यसकारण गराए सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौं । सांसदहरुले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बालगृह र अनाथालयमा समेत पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीबारको बैठकमा सांसदहरुले बालगृह, अनाथालाय र कारागार कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद सुवासचन्द्र नेम्वाङले बढी भिड हुने स्थानहरुमा बालगृह, अनाथालय र कारागार पनि रहेको भएपनि यसतर्फ कसैको ध्यान नगएको भन्दै सरकारले समयमै व्यवस्थापन गर्नका लागि समितिले निर्देशन दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘बालबालिका जम्मा भएका बालगृहहरु, अनाथालयहरु यो पनि अप्ठेरो अवस्थामा छ भन्छन, हामीले यसबारेमा प्रस्ट एउटा छुट्टै बुँदा, यो कारागार, बालगृह र अनाथालय यिनिहरुको बारेमा सरकारले गर है आवश्यक कार्य भनेर भन्दिनु राम्रो हुन्छ ।’

सांसद बालकृष्ण खांणले शंका लागेर अस्पताल पुग्ने सबै बिरामीको कोभिड–१९ परीक्षण हुनुपर्ने बताउनुभयो । उहाँले केही बिरामीलाई सरकारले परीक्षण नै नगरी फर्काएको समाचार आएको उल्लेख गर्दै सबैलाई परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । सांसद खाँडले परीक्षणका लागि बजेट आवश्यक भए अन्यत्रको कटौती गरेर भएपनि व्यवस्था गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो ‘छ भने भेटिएन भने झन दुर्भाग्यपूर्ण भयो नी । यदि यो संक्रमणको प्रभाव नेपालमा छ केही व्यक्तिहरु संक्रमित छन तर परीक्षणबाट त्यसको पुष्टि भएन भनेत झन डरलाग्दो भयो । एकै चोटी घरमा आगो लागेजस्तो भयो । त्यसैले गर्दा परीक्षणलाई नै राज्यले गम्भिरतापूर्वक लिनुप¥यो । त्यसका लागि पैसा लाग्छ भने बरु अरु पैसा कटौति गरौंन राज्यको साधन स्रोतलाई पूर्णतः एकढंगले केन्द्रिकृत गरेर यसको नियन्त्रण गर्नु नै हाम्रो मुल चुनौति र सफलता हो ।’

सांसदहरुले अहिलेसम्म कुनै संक्रमण नदेखिनु राम्रो भएको तर परीक्षण नै नभएर नदेखिएको भए स्थिति नियन्त्रण भन्दा बाहिर जान सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।