२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले धानबालीमा क्षति भएपछि किसान चिन्तित



अ+ अ-

चन्द्रपुर । गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आँकलन सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्याएको छ ।

जिल्लामा बाढीले १७ हजार ६३८ हेक्टर खेतको धानबाली, एक हजार ८०४ हेक्टर क्षेत्रफलको उखुबाली, छ सय ८५ हेक्टरको तरकारी, चार सय सात हेक्टरको फलफूलबाली र पाँच सय हेक्टर अन्य बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिनुभयो ।

जिल्लाका १८ वटै पालिकासँग समन्वय गरेर क्षतिको विवरण सङ्कलन गरिएको उहाँले बताउनुभयो । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो ।

क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको र राहतका लागि कुरा भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाको करिब ५१ हजार हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३८ हजार ५०० हेक्टरमा धानबाली लगाइएकामा बाढीले एक हजार ६३८ हेक्टर खेतको धानबालीमा क्षति पुर्याएको उहाँको भनाइ छ ।

जिल्लामा ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएकोे छ । यसैबीच दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले किसानले पाउनुपर्ने राहत रकम चाँडोभन्दा चाँडो उपलब्ध गराउन माग गर्नुभएको छ । बाढीले रौतहटका करिब साढे चार सय घरपरिवार विस्थापित भएका थिए ।

त्यसैगरी, पछिल्लोपटक आएको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । भित्र्याउने बेलाको धान वर्षाले भिजाएपछि किसान चिन्तित बनेका हुन् । वर्षाले किसानले धान भित्र्याउन नपाएको बृन्दावन– १ का किसान शिवमङ्गल पटेलले गुनासो गर्नुभयो । खेतमा काटेर राखेको धान सबै वर्षाले डुबाएको छ ।